2 months ago
October 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले तेस्रो पटक टि ट्वान्टी विश्वकपका लागि स्थान बनाएपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले खेलाडीलाई धन्यवाद दिँदै नेपालीलाई बधाई दिएका छन्।
ओमानको मस्कटमा जारी टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटबाट नेपालले विश्वकपमा स्थान बनाएपछि खड्काले सफलताको श्रेय खेलाडीको अथक मिहिनेतलाई दिएका छन्।
राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका खड्काले भने, ‘यहाँसम्म पुग्न सबैभन्दा ठूलो योगदान खेलाडीको नै हो। उनीहरू नै नेपाली क्रिकेटका सबैभन्दा महत्वपूर्ण स्टेक होल्डर हुन्। खेलाडीको विकास, सेवा र सुविधालाई नै क्यानको प्रमुख प्राथमिकता हो।’
उनले क्यानले पछिल्ला वर्षहरूमा गरेको लगानीको नतिजा अब देखिन थालेको बताए। आगामी दिनमा अझै बढी लगानी र योजनाबद्ध तयारीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने खड्काले बताए।
हाम्रो खेलकुद डटकमसँग कुराकानी गर्दै उनले भने, ‘विश्वकप सानोतिनो कुरा होइन। यो सबै नेपालीको गर्वको क्षण हो। सबैलाई बधाई दिन चाहन्छु।’
उनले यस यात्रामा नेपाल क्रिकेट संघ, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निरन्तर सहयोगको पनि प्रशंसा गर्दै धन्यवाद दिएका छन्।
खड्काले खेलाडीलाई धेरै उत्साहित नहुन आग्रह गर्दै भने, ‘नेपाली क्रिकेटलाई अझ अगाडि पुर्याउने जिम्मेवारी यही टिमको काँधमा छ।’
खड्काको कप्तानीमा नेपालले पहिलो पटक सन् २०१४ मा टि ट्वान्टी विश्वकप खेलेको थियो। त्यसपछि २०२४ मा नेपाल विश्व कप खेलेको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]