default_image

4 weeks ago

October 16, 2025

ओमानलाई हराउँदै नेपाल शीर्षस्थानमा

1744 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- प्रभावशाली प्रदर्शनमा नेपाल टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

अपराजित नेपालले बलियो ओमानलाई हराउँदै ट्रफी जित्ने संभावनालाई पनि मजबुत बनाएको छ। नेपाल र ओमान दुवै विश्व कपमा प्रवेश गरेका छन्। घरेलु टिम ओमानलाई हराउन कुशल भुर्तेलको ब्याटिङ र गुलशन प्रदर्शन उत्कृष्ट रहयो।

जितको लागि १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमा समेटियो। ओमानका ब्याटरहरू नेपाली बलर विरूद्ध खुलेर ब्याटिङ गर्न सकेन।

खराब सुरूवात गरेको ओमानले २७ रन जोड्दा ३ विकेट गुमायो। ओपनर तथा कप्तान जतिन्द्र सिंह १४ रन जोडेर सोमपाल कामीको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए।

लगत्तै हमाद मिर्जा ४ रनमा आउट भए। उनी नन्दन यादवको बलमा आउट भए। नेपाल निरन्तर विकेट झार्न सफल रहँदा आमिर कालिमलाई दीपेन्द्रले रन आउट गरे। उनले मात्र १ रन बनाएका थिए।

आर्यान बिष्ट ११ रनमा सन्दीप लामिछानेको शिकार बने। पाँचौं विकेट गुलशनले लिए। उनले १ रन बनाएका नदिम खानलाई बोल्ड आउट गरे। ९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै ओमानले मात्र ४१ रन बनाउँदै कमजोर प्रदर्शन गर्यो।

ब्याटिङमा संघर्ष गरेको ओमानले ठूलो साझेदारी बनाउन सकेन्। १४ औं ओभरको चौथो र पाँचौ विकेटमा गुलशनले लगातार २ विकेट लिए। मोहम्मद नदिम २५ रनमा र जितेन रामानन्दी रनको खाता नखोली आउट भए। ७ विकेट गुमाउँदै ओमानले ७० रन बटुल्यो।

आठौं विकेटको लागि विनायक शुक्ला र सुफयान मोहम्मदले ३३ रनको साझेदारी गरेपछि विनायक ३२ रनना र सुफयान ९ रनमा आउट भए। साकिल अहमद अविजित ८ र साह फैसल ३ रनमा अविजित रहे।

बलिङमा गुल्सनले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिए। सोमपाल र नन्दनले २/२ तथा सन्दीपले १ विकेट झारे।

त्यसअघि नेपालले टस जितेर ब्याटिङ रोज्यो। नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। नेपालले सुरूवात राम्रो गर्यो।

नेपालले पहिलो पावर प्ले‌मा ५२ रन बनायो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। आसिफ २४ रन जोडेर आठौं ओभरमा नदिम खानको बलमा आउट भए।

ओमानलाई ब्रेक थ्रु दिएका नदिमले पहिलो विकेट लिंदै उत्कृष्ट बलिङ गरे। उनी पहिलो चार विकेट लिन सफल रहे। आसिफ आउट भएपछि नेपालले लगातार दुई महत्वपूर्ण खेलाडी गुमायो। कप्तान रोहित पौडेल १ रनमा र दीपेन्द्र सिंह ऐरी २ रनमा नदिम कै बलमा आउट भए।

यो छनोटमा ब्याटिङमा जम्न नसकेका युवा ब्याटर कुशल मल्लले टि ट्वान्टी आईमा १ हजार रनको सफलता प्राप्त गरे। ओमान विरूद्ध ४ रन जोडेपछि उनले १ हजार रन पूरा गरेका हुन्।

नेपालको लागि टि-ट्वान्टी आईमा १ हजार रन प्रहार गर्ने कुशल मल्ल पाँचौं नेपाली खेलाडी हुन्। उनले टि-ट्वान्टी आईमा १ शतक र ४ अर्धशतक बनाएका छन्। तर उनी

आज पनि क्रिजमा टिक्न सकेनन्। मात्र ७ रन जोडेर चौथो विकेटको रूपमा आउट भए। उनलाई पनि नदिमले नै पबिलियनको बाटो देखाए। कुशल आउट हुँदा नेपालले ११ ओभर ४ बलमा ८१ रन बनाएको थियो।

क्रिजमा टिकेका ओपनर कुशल भुर्तेलले ३८ बलमा ५ चौका र १ छक्का सहित अर्धशतक बनाए। उनको यो टी-ट्वान्टी आईमा १३ औं अर्धशतक हो। कुशलले आदिल आलमसँग मिलेर पाँचौ विकेटको लागि ४० रनको साझेदारी गरे।

१६ रन जोडेका आदिल ठुलो सट खेल्ने क्रममा सुफयान मोहम्मदको बलमा क्याच आउट हुन पुगे। यतिखेल नेपालले ५ विकेट गुमाउँदा १ सय २१ रन बनाएको थियो। यसपछि जितेन रामानन्दीले कुशल भुर्तेललाई आउट गर्दै ठुलो विकेट लिए। कुशलले ५१ बल खेल्दै ७ चौका र १ छक्का सहित ६९ रनको उत्कृष्ट पारी खेले।

यो खेलमा पनि गुलशन आफ्नो भुमिका निभाए। १० बलमा दुई पावरफुल छक्का सहित १८ रन बनाउँदै मेहमुदको बलमा पबिलियन फर्किए।

बलिङमा नदिम खान नायक बने। ४ ओभरमा २० रन खर्चेर नेपालको सुरूवाती ४ विकेट लिए। सुफयान मेहमुद र जितेन रामानन्दीले समान २ विकेट लिए।

नेपाल र ओमान यो खेल अगाडि नै फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्व कपमा छनोट भैसकेका थिए। लगातराको चौथो जितमा नेपाल ८ अंक सहित अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

ओमान ६ अंक सहित दोस्रो स्थानमा तल झरेको छ। नेपालले अब अन्तिम खेलमा सामोआसँग खेल्नेछ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.