default_image

2 months ago

October 16, 2025

कर्णाली याक्सलाई नेबिकोको सह प्रायोजन

318 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)- कर्णाली याक्सलाई
नेबिको लिमिटेडले सह प्रायोजन गरेको छ ।

याक एण्ड यति होटलमा आज आयोजित कार्यक्रममा कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए ।

कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउँदै नेपाल प्रिमियर लिग (एनपपि) को दोस्रो संस्करण हुन लागेकाेमा खुसी व्यक्त गरे । यस्तै घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए ।

नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपिएलसँग जोडिन पाउँदा हर्षित भएको बताए।

सन् १९६४ देखि बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको नेबिकोको गुल्कोज, कोकोनट बिस्कुट लगातयका उत्पादन छन् ।
गत वर्ष भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक र बस्न्यातलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुलशनन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको थियो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.