default_image

2 months ago

October 17, 2025

नेपालले टस हार्यो, करण र आरिफ खेल्दै

1097 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।

सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो।

आजको पहिलो खेलमा जापानलाई ९ विकेटले हराएपछि ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुबैको समान ८ अंक छ रन रेटका आधारमा नेपाल शीर्ष र ओमान दोस्रो स्थानमा छ।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। आजको खेल जितेको अवस्थामा नेपालको १० अंक पुग्नेछ। सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन।

यसै वर्ष माघ २४ देखि फागुन २४ गते सम्म हुने टि ट्वान्टी विश्वकपका लागि जारी प्रतियोगिताबाट नेपालसँगै ओमान र युएई छनोट भइसकेका छन्।

करण, आरिफ खेल्दै
छनोटमा करण केसी र आरिफ शेख पहिलो पटक खेल्ने मौका पाएका छन्। ललित राजवंशीले पनि आज पुनरागमन गरेका छन् । अघिल्लो खेलका सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई आजको खेलमा आरम दिएको‌ छ । बाँकी ८ जना यथावत रहेका छन्।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.