2 months ago
October 17, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालका ओपनर आसिफ शेखले टि ट्वान्टी आईमा व्यक्तिगत उच्च स्कोर बनाएका छन्।
टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा आज उनले सामोआ विरूद्ध ६९ रन बनाए।
आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। टी-ट्वान्टी आईमा उनको यो दशौं अर्धशतक हो।
उनी ४१ बलमा ७ चौका र ४ छक्का सहित ६९ रन जोडेर नोआ मियाडको फुल टस बलमा डारियस भाइसरद्वारा क्याच आउट भए। टि ट्वान्टी आईमा उनको यो व्यक्तिगत सर्वाधिक उच्च स्कोर हो। यसअघि उनले वेस्ट इन्डिज विरुद्ध ६८ रन बनाएका थिए।
आसिफ र कुशलले आज नेपाललाई उत्कृष्ट सुरूवात दिलाएका थिए। उनीहरूले पहिलो पावर प्लेमा ६१ रन बनाएका थिए। विश्व कपका लागि छनोट भइसकेको नेपाल अपराजित रहँदै उपाधि जित्ने दाउमा रहेको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]