3 weeks ago
October 17, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले टी-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा सामोआलाई २ सय १२ रनको चुनौति दिएको छ।
सामोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। जहाँ नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो।
नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर प्लेमा नेपालले ६१ रन जोड्यो।
पावर प्ले सकिए लगतै सातौं ओभरको चौथो बलमा १७ रन बनाएर कुशल सौमानी टियाईको बलमा बोल्ड आउट भए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कुशल आउट भएपछि वान डाउनमा उप कप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा आए। आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।
टि-ट्वान्टी आईमा आसिफको यो दशौं अर्धशतक हो। उनी ४१ बलमा ७ चौका र ४ छक्का सहित ६९ रन जोडेर नोआ मियाडको फुल टस बलमा डारियस भाइसरद्वारा क्याच आउट भए।
टि-ट्वान्टी आईमा उनको यो व्यक्तिगत सर्वाधिक उच्च स्कोर हो। यसअघि उनले वेस्ट इन्डिज विरुद्ध ६८ रन बनाएका थिए।
१२ ओभर ५ बलमा आसिफ आउट हुँदा नेपालले १ सय १० रन बनाएको थियो। आसिफ आउट भएपछि यो छनोटमा पहिलो पटक मौका पाएका आरिफ शेख आए। तर उनी मात्र ९ रनमा डारियस भाइसरको बलमाएलबिडब्लु धरापमा परे।
यसपछि दीपेन्द्रले ३१ औं बलमा ड्यानियल बुर्गेसलाई १७ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको पनि टि ट्वान्टी आईमा यो दशौं अर्धशतक हो।
२ चौका र ४ छक्का सहित अर्धशतक बनाए लगतै दीपेन्द्र बुर्गेस कै बलमा ५३ रनना आउट भए। १ सय ६० रन जोड्दा नेपालले चौथो विकेट गुमायो।
दीपेन्द्र आउट भएपछि लोकेश बमले बिष्फोटक ब्याटिङ गरे। उनले १२ बलमा ४ छक्का र २ चौका सहित अविजित ३९ रन जोडे। उनको टी ट्वान्टी आई करियरको यो उच्च रन हो। यसअघि उनले ३३ रन बनाएका थिए।
अन्तिम ओभरमा सामोआओका दुई खेलाडीले लोकेशको दुई वटा क्याच छुटाएका थिए। कप्तान रोहित पौडेल अविजित २१ रनना रहे।
बलिङमा डारियस भाइसर, ड्यानियल बुर्गेस, सौमानी टियाई, नोया मियाडले १/१ विकेट लिए।
अपराजित नेपाल उपाधिको निकै नजिक पुगेको छ। नेपाल यसअघि नै विश्व कपमा छनोट भैसकेको छ।
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]