2 months ago
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सिनियर खेलाडी शरद भेषावकरले हङकङ क्रिकेट सिक्सेसमा नेपाली टोलीको कप्तानी गर्ने भएको छ।
नेपाल क्रिकेट संघ ( क्यान) ले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै शरदको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।
सो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको पनि क्यानले जनाएको छ।
शरदको कप्तानीमा सन्दीप जोरा, मोहम्मद आदिल आलम, लोकेश बम, बसिर अहमद, रसिद खान, रुपेश कुमार सिंह टोलीमा छन् ।
क्रिकेट हङकङ चीनको आयोजना कात्तिक २१ देखि २३ गते (नोभेम्बर ७ देखि ९) सम्म हङकङ क्रिकेट सिक्सेस हुनेछ।

December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]