default_image

2 months ago

October 23, 2025

इंग्ल्यान्डलाई टि ट्वान्टी आई सिरिज

544 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको तेस्रो टि ट्वान्टी क्रिकेट खेल वर्षाको कारण रद्द भएको छ। खेल रद्द भएपछि इंग्ल्यान्डले सिरिज १-० ले जित्यो।

खेलमा जम्मा ३.४ ओभर मात्रै खेल्न सम्भव भयो। त्यसबेला न्युजिल्यान्डले ३८ रनमा एक विकेट गुमाएको थियो।

खराब मौसमका कारण न्युजिल्यान्डका धेरै क्षेत्रमा बिजुली र यातायात प्रभावित भयो। सबैभन्दा बढी असर अकल्यान्डको दक्षिणमा परेको छ।

इंग्ल्यान्डका ब्राइडन कार्सले टिम रोबिन्सनलाई आउट गरे । टिम सिफर्टले ११ बलमा २ छक्कासहित अविजित २३ रन बनाए।

पहिलो खेल पनि वर्षाका कारण रद्दभएको थियो। दोस्रो खेलमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै ६५ रनको जित हात पारेको थियो।

योसँगै ह्यारी ब्रुकको कप्तानीमा इंग्ल्यान्डले पहिलो विदेश सिरिज जित हासिल गर्‍यो। उनले कप्तान बनेदेखि खेलिएका आठ टि ट्वान्टी मध्ये ७ मा जित निकालेका छन्।

तर यो वर्षाको कारणले ब्रुकलाई आगामी फेब्रुअरीमा हुने टि ट्वान्टी विश्वकपअघि टोली तयारी गर्न पर्याप्त समय दिएन। अब इंग्ल्यान्डले जनवरी ३० देखि श्रीलंकाविरुद्ध तीन टि ट्वान्टी खेल्नेछ।

त्यसअघि आइतबारदेखि न्युजिल्यान्डविरुद्ध ३ ओडिआई सिरिज सुरु हुनेछ। जो रुट, बेन डकेट, जोफ्रा आर्चर र जेमी स्मिथ टोलीमा फर्किनेछन्। आर्चर भने पहिलो खेलमा विश्राम दिइएको छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.