3 weeks ago
October 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि इंग्ल्यान्डका अनुभवी विकेट किपर तथा ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ।
मंसिर १ गते सुरु हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरिएको पोखराले जनाएको छ। रोसिङटनले नेपालमा पहिलो पटक खेल्न लागेका हुन् ।
मिडलसेक्सबाट खेल जीवनको सुरुवात गरेका उनले नर्थह्याम्पटनसायर र एसेक्सबाट पनि खेले । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टि ट्वान्टी फार्मेटमा सयौँ खेल खेलेका छन् ।

रोसिङटनसँग विश्वभरका प्रमुख टि ट्वान्टी लिगको अनुभव छ। पोखरा एभेन्जर्सले रोसिङटनको अनुभव र आक्रामक ब्याटिङले टोलीको प्रदर्शनमा नयाँ उचाइ ल्याउने विश्वास गरेको छ ।
रोसिङटनले पनि नेपालमा खेल्न पाउँदा उत्साहित रहेको जनाएका छन् । राष्ट्रिय टोलीका कुशल भुर्तेल पोखराको मार्की खेलाडी हुन्।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]