default_image

3 weeks ago

October 25, 2025

रोहित र विराटको ब्याटिङमा भारतको जित

1332 views

0 Bookmark

एजेन्सी – रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि १ सय ६८ रनको अविजित साझेदारी गरेपछि भारतले तेस्रो तथा अन्तिम ओडिआईमा अस्ट्रेलियालाई ९ विकेटले हराएको छ। अस्ट्रेलियाले २-१ ले ओडिआई सिरिज जितेको छ।

सिड्नी क्रिकेट ग्राउन्डमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भारतले १ विकेटको क्षतिमा ३८.३ ओभरमा जित निकालेको थियो।

आज रोहितले शतक र कोहलीले अर्धशतक बनाए। कोहलीले विजयी रन प्रहार गरे । ८१ बल खेलेका उनले ७ चौकासहित ७४ रनमा जोडे । रोहित १ सय २५ बल खेल्दै १३ चौथो र ३ छक्कासहित १ सय २१ रनमा नटआउट रहे ।

रोहितले आफ्नो ३३औं ओडिआई शतक पूरा गरे । रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा उनको ५०औं शतक पूरा भएको छ । जसमा १२ टेस्ट र ५ टि ट्वान्टी शतक सामेल छ।

कोहलीले ओडिआईमा आफ्नो ७५औं अर्धशतक पूरा गरे। ११औं ओभरमा अस्ट्रेलियाका जोश हेजलवुडले शुभमन गिल (२४ रन) लाई आउट गर्दै रोहितसँगको ६० रनको पहिलो विकेटको साझेदारी तोडेका थिए। तर त्यसपछि अस्ट्रेलियालाई रोहित र विराट कोहलीको जोडीको अनुभव र क्लासको सामना गर्नुपर्‍यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो। घरेलु टोलीका म्याट रनसोले अर्थ शतक बनाए ।

भारतका हर्षित राणाले ४ र वासिङ्टन सुन्दरले २ विकेट लिए । रोहित प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज चुनिए। अस्ट्रेलियाले पर्थमा भएको पहिलो ओडिआई ७ र एडिलेडमा दोस्रो खेल २ विकेटले जितेको थियो।

यी २ टोलीबीच ५ टि ट्वान्टी आई सिरिज हुनेछ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.