1 month ago
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ।
आफ्नो तेस्रो खेलमा आज नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ। प्रतिस्पर्धात्मक लक्ष्य दिएपनि बलरहरु अमेरिकाको बलियो ब्याटिङ सामू निष्प्रभावी रहे ।
२ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । साइतेजा मुकमल्ला र मिलन्द कुमारले चौथो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै अमेरिकाका लागि जितको बलियो आधार तयार पारेका थिए।
साइतेजाले ७५ र मिलन्दले ७० रनको इनिङ खेलेका थिए।
अन्तिम दुई ओभरमा अमेरिकालाई जितका लागि १६ रनको आवश्यकता थियो।
४९ औं ओभरमा नन्दनले २ छक्का र २ वाइडसहित १७ रन खर्चेपछि नेपाल पराजित भएको थियो। आजको खेलमा नेपालको फिल्डिङ पनि कमजोर रह्यो । सन्दीप लामिछानेको बलमा गुलशन झा र दीपेन्द्र सिंह ऐरीले क्याच छोड्नु नेपालका लागि महंगो सावित भयो।
हर्मित सिंह १३ र शुभम रन्जने १९ रनमा अविजित रहे।
नेपालका लागि सन्दीपले ३, करण केसी, नन्दन र गुलशन ले समान १ विकेट लिए।
त्यसअघि नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ७१ रन जोड्यो । दुबईस्थित आइसिसी एकडेमीको मैदानमा अमेरिकाले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको थियो ।
नेपालका लागि मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ७५ रनको आक्रामक इनिङ खेल्दै नेपाललाई राम्रो स्कोरसम्म पुर्याएका थिए । ४६ औं ओभरमा आउट हुनुअघि उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेल (४७), भीम सार्की (४३) र रोहित पौडेल (३६) ले राम्रो सुरुवात पाएपनि त्यसलाई ठुलो स्कोरमा बदल्न सकेनन् । करण ले तल्लोक्रममा आक्रामक इनिङ खेलेपछि नेपालले २ सय ५० को आँकडा पार गरेको थियो । उनी अर्धशतकबाट १ रनले चुके ।
त्यसअघि नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएर खराब सुरुवात पाएको थियो । आसिफ पहिलो बलमा २ रन कुदेपछि दोस्रो बलमा नोस्थस केंजिगेबाट बोल्ड भए ।
त्यसपछि कुशल र भीमले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । २० औं ओभरमा कुशल ठूलो सट खेल्ने धुनमा हर्मित सिंहको बलमा क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ६५ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए ।
त्यसको २ ओभरपछि नै भीम पनि हर्मितकै शिकार बने । ५८ बलमा ४ चौकासहित ४३ रनमा खेल्दा उनी बोल्ड हुन पुगेका थिए । आरिफ शेख पनि लामो समय क्रिजमा रहन सकेनन् । ८ बलमा २ रन जोड्दै उनी सौरभ नेत्रभलकरको बलमा क्याच आउट भए । उनी आउट हुँदा टिम १०६-४ को स्थितिमा पुग्यो ।
पाँचौ विकेटका लागि दीपेन्द्र र रोहितले ८९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा ल्याए । ३५ रन जोडेका रोहितले ३८ औं ओभरमा हर्मितको बलमा क्याच हुनुअघि ४६ बल खेल्दै २ चौका प्रहार गरे । गुलशन ११ बलमा ५ रन जोड्दै जस्दिप सिंहको बलमा क्याच आउट भए ।
तल्लोक्रममा करणले आक्रामक ब्याटिङ गरे । उनले ४९ औं ओभरमा आउट हुनुअघि ३१ बलमा ४९ रन जोडे । करणले २ चौका र ३ छक्का प्रहार गरे । अन्तिम बलमा जस्दिपले वाइड फ्याँक्दा सिंगल लिने सुरमा ललित रनआउट हुँदा नेपाल १ बल बाकी रहँदा अलआउट भएको थियो ।
अमेरिकाका लागि हर्मितले ३ विकेट लिँदा नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २-२ विकेट हात पारे । शुभम रन्जने र जस्दिप सिंहले १-१ विकेट लिए ।
अमेरिका जारी सिरिजको लगातार ३ खेलमा विजयी भयो । अंक तालिकामा नेपाल (१२) सातौं तथा अमेरिका (३४ अंक) शीर्ष स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]