default_image

4 weeks ago

November 9, 2025

हङकङ सिक्सेसमा नेपाल यात्रा टुंगियो, शरदको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

971 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको तेस्रो खेलमा आज युएईसँग ४३ रनले पराजित भएको छ।

पहिले ब्याटिङ गरेको युएईले ६ ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन बनायो । युएईका निलाश केसवानीले १५ बलमा ७३ र जाहिद अलीले १० बलमा ३० रन जोडे। नेपालका लागि राशिद खानले २ र रुपेश सिंहले १ विकेट लिए।

जवाफमा १ सय ३० रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो। मोहमद आदिल आलमले १२ बलमा ३२ र सन्दीप जोराले ११ बलमा नटआउट ३१ रन जोडे।

योसँगै नेपालको हङकङ सिक्सेसमा यात्रा समाप्त भएको छ । बाउल लिगको अन्तिम खेलमा यूएईसँग ४३ रनले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल रह्यो ।

१२ टोली सहभागी प्रतियोगितामा नेपाल भारतलाई मात्र उछिन्दै ११ औं स्थानमा रहेको हो । नेपालले प्रतियोगितामा एकमात्र जित भारतसँग नै दर्ता गरेको थियो । त्यसबाहेक नेपालले सबै खेल गुमाएको थियो।

यसैबीच, टोलीको कप्तानी गर्दै हङकङ पुगेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
यसअघि नै उनले हङकङ सिक्सेस आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट रहेको बताएका थिए।

उनले दुई दशक भन्दा लामो समय नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेले। उनी उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्य रहे। नेपालले सन् २०१४ मा पहिलो पटक टि ट्वान्टी विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा उनी टोलीको महत्वपूर्ण सदस्य रहे।

सन्न्यासपछि सामाजिक सन्जालमार्फत शरदले भनेका छन्,’धन्यवाद नेपाल क्रिकेट र सबैलाई। अब बिदा हुन्छु।’

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.