1 month ago
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको तेस्रो खेलमा आज युएईसँग ४३ रनले पराजित भएको छ।
पहिले ब्याटिङ गरेको युएईले ६ ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन बनायो । युएईका निलाश केसवानीले १५ बलमा ७३ र जाहिद अलीले १० बलमा ३० रन जोडे। नेपालका लागि राशिद खानले २ र रुपेश सिंहले १ विकेट लिए।
जवाफमा १ सय ३० रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो। मोहमद आदिल आलमले १२ बलमा ३२ र सन्दीप जोराले ११ बलमा नटआउट ३१ रन जोडे।
योसँगै नेपालको हङकङ सिक्सेसमा यात्रा समाप्त भएको छ । बाउल लिगको अन्तिम खेलमा यूएईसँग ४३ रनले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल रह्यो ।
१२ टोली सहभागी प्रतियोगितामा नेपाल भारतलाई मात्र उछिन्दै ११ औं स्थानमा रहेको हो । नेपालले प्रतियोगितामा एकमात्र जित भारतसँग नै दर्ता गरेको थियो । त्यसबाहेक नेपालले सबै खेल गुमाएको थियो।
यसैबीच, टोलीको कप्तानी गर्दै हङकङ पुगेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
यसअघि नै उनले हङकङ सिक्सेस आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट रहेको बताएका थिए।
उनले दुई दशक भन्दा लामो समय नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेले। उनी उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्य रहे। नेपालले सन् २०१४ मा पहिलो पटक टि ट्वान्टी विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा उनी टोलीको महत्वपूर्ण सदस्य रहे।
सन्न्यासपछि सामाजिक सन्जालमार्फत शरदले भनेका छन्,’धन्यवाद नेपाल क्रिकेट र सबैलाई। अब बिदा हुन्छु।’
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]