4 weeks ago
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले
तेस्रो सिई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
बुढानिलकण्ठको चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा शनिवार राति भएको फाइनलमा क्लाउडले राष्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेटायो।
टोलीका ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए। यस्तै सुबोध ढुंगेलले १५ रन जोडे।चन्द्र कुमार राईले ११ र सबिन डिसीले ५ रनमस अविजित रहे।
त्यस अघि टस हारेर ब्याटिङ गरेको बाणिज्य बैंकले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो।
बाणिज्य बैंकको लागि ओपनर बिबेक श्रेष्ठले सर्वाधिक ३१ रन बनाए । कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए।
क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार र बाणिज्य बैंकले ५० हजार ५ सय रुपैयाँ प्राप्त गर्यो। क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले १० हजार रुपैयाँ पाए।
यस्तै सलिकोका स्पन्दन न्यौपाने उत्कृष्ट ब्याटर, सिद्धार्थ बैंकका सन्जिब मदैया उत्कृष्ट बलर , सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी उत्कृष्ट विकेटकिपर घोषित भए र उनीहरुले समान ५ हजार रुपैयाँ पाए।
मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्सुरेन्सले, फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेष्ट इन्सुरेन्सले र इनर्जेटिक टिमको अवार्ड सानिमा जिआईसी इन्सुरेन्सले प्राप्त गर्यो।
सिई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा दुई दिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टोलीको सहभागिता थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]