default_image

1 month ago

November 9, 2025

कर्पोरेट क्रिकेटको उपाधि क्लाउड फ्याक्ट्रीलाई

335 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले
तेस्रो सिई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

बुढानिलकण्ठको चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा शनिवार राति भएको फाइनलमा क्लाउडले राष्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो  ।

७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेटायो।

टोलीका ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए। यस्तै सुबोध ढुंगेलले १५ रन जोडे।‌चन्द्र कुमार राईले ११ र सबिन डिसीले ५ रनमस अविजित रहे।

त्यस अघि टस हारेर ब्याटिङ गरेको बाणिज्य बैंकले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो।

बाणिज्य बैंकको लागि ओपनर बिबेक श्रेष्ठले सर्वाधिक ३१ रन बनाए । कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए।

क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार र बाणिज्य बैंकले ५० हजार ५ सय रुपैयाँ प्राप्त गर्यो।  क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले १० हजार रुपैयाँ पाए।

यस्तै सलिकोका स्पन्दन न्यौपाने उत्कृष्ट ब्याटर, सिद्धार्थ बैंकका सन्जिब मदैया उत्कृष्ट बलर , सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी उत्कृष्ट विकेटकिपर घोषित भए र उनीहरुले समान ५ हजार रुपैयाँ पाए।

मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्सुरेन्सले, फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेष्ट इन्सुरेन्सले र इनर्जेटिक टिमको अवार्ड सानिमा जिआईसी इन्सुरेन्सले प्राप्त गर्यो।

सिई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा दुई दिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टोलीको सहभागिता थियो।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.