default_image

4 weeks ago

November 12, 2025

जनकपुर बोल्ट्स र क्लाउड एजुकेसनको सहकार्य

462 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिस एजुकेसन कन्सलटेन्सको रुपमा रहने भएको छ ।

क्लाउड एजुकेसन र जनकपुर बोल्ट्सबीच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ‌। जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडा र क्लाउडका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) अनिष गौतमले हस्ताक्षर गरे ।

सिइओ गौतमले राम्रो टिम स्प्रिटका साथ प्रदर्शन गरेर ट्रफी रक्षाका लागि शुभकामना दिए । जनकपुरका प्रवन्ध निर्देशक खतिवडाले यो साझेदारी भविष्यमा पनि निरन्तर रहने लामो विश्वास लिएका छन् ।

गत वर्ष जनकपुरलाई उपाधि दिलाएका प्रशिक्षक पुबुदु दासानायकेले यस पटक विराटनगर किंग्स सम्हालेका छन्। जनकपुरले वेस्ट इन्डिजका महान ब्याटर मध्येका एक शिवनारायन चन्द्रपाललाई प्रशिक्षक बनाइसकेको छ ।

एनपिएलको पहिलो सिजन जनकपुरको कप्तानी गरेका अनिलले नयाँ प्रशिक्षकबाट थप सिक्न पाउने अपेक्षा राखेको बताए । उनले यो सिजन कसले कप्तानी गर्ने भन्ने बारे टोलीले घोषणा गर्न बाँकी रहेको जानकारी दिए।

सुदुरपश्चिमलाई पराजित जनकपुर पहिलो सिजनमा च्याम्पियन बनेको थियो।

 

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.