4 weeks ago
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिस एजुकेसन कन्सलटेन्सको रुपमा रहने भएको छ ।
क्लाउड एजुकेसन र जनकपुर बोल्ट्सबीच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडा र क्लाउडका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) अनिष गौतमले हस्ताक्षर गरे ।
सिइओ गौतमले राम्रो टिम स्प्रिटका साथ प्रदर्शन गरेर ट्रफी रक्षाका लागि शुभकामना दिए । जनकपुरका प्रवन्ध निर्देशक खतिवडाले यो साझेदारी भविष्यमा पनि निरन्तर रहने लामो विश्वास लिएका छन् ।
गत वर्ष जनकपुरलाई उपाधि दिलाएका प्रशिक्षक पुबुदु दासानायकेले यस पटक विराटनगर किंग्स सम्हालेका छन्। जनकपुरले वेस्ट इन्डिजका महान ब्याटर मध्येका एक शिवनारायन चन्द्रपाललाई प्रशिक्षक बनाइसकेको छ ।
एनपिएलको पहिलो सिजन जनकपुरको कप्तानी गरेका अनिलले नयाँ प्रशिक्षकबाट थप सिक्न पाउने अपेक्षा राखेको बताए । उनले यो सिजन कसले कप्तानी गर्ने भन्ने बारे टोलीले घोषणा गर्न बाँकी रहेको जानकारी दिए।
सुदुरपश्चिमलाई पराजित जनकपुर पहिलो सिजनमा च्याम्पियन बनेको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]