default_image

3 weeks ago

November 18, 2025

विराटनगरद्वारा पोखरालाई कीर्तिमानी लक्ष्य प्रस्तुत

540 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ।

एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे।

पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ सय २० रन बनाएको छ। यसअघि पहिलो संस्करणमा विराटनगरले लुम्बिनी विरुद्ध १ सय ९२ रन चेज गर्दै १ सय ९३ रन बानएको थियो।

विराटनगरले दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो। जर्ज मुन्सेला १० रनमा म्याट टेलरकको बलमा आउट भए। यतिखेर विराटनगरले १४ रन मात्र बनाएको थियो।

पहिलो पावर प्लेमा १ विकेट गुमाएर विराटनगरले ५५ रन बनायो। लोकेश बम र मार्टिन गपटिल क्रिजमा छाउँदा चौका र छक्काको वर्षात नै गरे।

मार्टिनले २८ बलमा ३ चौका र ४ छक्का सहित अर्धशतक बनाए। १० ओभरको समाप्तिमा विराटनगर १ विकेटको नोक्सानीमा १ सय १ रन जोड्न सफल भए। यी दुई ब्याटरले पोखराका बलरहरूलाई निरिह नै बनाए।

यो क्रममा लोकेश बमले ३७ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। यो क्रममा उनले ५ छक्का प्रहार गरे। लोकेश र मार्टिनले शतकीय साझेदारी गरे। १ सय ३२ रनको साझेदारी गरेर मार्टिन ६१ रनमा आउट भए। उनले ३५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे।

एनपिएलमा यो दोस्रो सर्वाधिक साझेदारी हो। यसअघि पहिलो संस्करणमा दिनेश खरेल र एन्ड्रेस गसले १ सय ७६ रनको साझेदारी गरेका थिए।

लोकेश ७२ रनमा कुशल भुर्तेलको बलमा विपि खत्रीद्वारा क्याच आउट भए। उनले ४८ बल खेलेर १ चौका र ७ छक्का प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरे। उनी आउट हुँदा विराटनगरले १५ ओभर ३ बलमा १ सय ५७ रन बनाएको थियो।

शुभम रानजाने १६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन जोडेर रन आउट भए। नारायण जोशी अविजित ११ रनमा रहे।

बलिङमा म्याट टेलरले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए। सागर ढकाल र कुशलले १/१ विकेट लिए।‌

यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयी सुरूवात गरेको छ। हिजो भएको पहिलो खेलमा भने काठमाडौंल जित निकालेको थियो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.