default_image

3 weeks ago

November 18, 2025

विराटनगरद्वारा पोखरालाई कीर्तिमानी लक्ष्य प्रस्तुत

544 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ।

एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे।

पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ सय २० रन बनाएको छ। यसअघि पहिलो संस्करणमा विराटनगरले लुम्बिनी विरुद्ध १ सय ९२ रन चेज गर्दै १ सय ९३ रन बानएको थियो।

विराटनगरले दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो। जर्ज मुन्सेला १० रनमा म्याट टेलरकको बलमा आउट भए। यतिखेर विराटनगरले १४ रन मात्र बनाएको थियो।

पहिलो पावर प्लेमा १ विकेट गुमाएर विराटनगरले ५५ रन बनायो। लोकेश बम र मार्टिन गपटिल क्रिजमा छाउँदा चौका र छक्काको वर्षात नै गरे।

मार्टिनले २८ बलमा ३ चौका र ४ छक्का सहित अर्धशतक बनाए। १० ओभरको समाप्तिमा विराटनगर १ विकेटको नोक्सानीमा १ सय १ रन जोड्न सफल भए। यी दुई ब्याटरले पोखराका बलरहरूलाई निरिह नै बनाए।

यो क्रममा लोकेश बमले ३७ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। यो क्रममा उनले ५ छक्का प्रहार गरे। लोकेश र मार्टिनले शतकीय साझेदारी गरे। १ सय ३२ रनको साझेदारी गरेर मार्टिन ६१ रनमा आउट भए। उनले ३५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे।

एनपिएलमा यो दोस्रो सर्वाधिक साझेदारी हो। यसअघि पहिलो संस्करणमा दिनेश खरेल र एन्ड्रेस गसले १ सय ७६ रनको साझेदारी गरेका थिए।

लोकेश ७२ रनमा कुशल भुर्तेलको बलमा विपि खत्रीद्वारा क्याच आउट भए। उनले ४८ बल खेलेर १ चौका र ७ छक्का प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरे। उनी आउट हुँदा विराटनगरले १५ ओभर ३ बलमा १ सय ५७ रन बनाएको थियो।

शुभम रानजाने १६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन जोडेर रन आउट भए। नारायण जोशी अविजित ११ रनमा रहे।

बलिङमा म्याट टेलरले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए। सागर ढकाल र कुशलले १/१ विकेट लिए।‌

यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयी सुरूवात गरेको छ। हिजो भएको पहिलो खेलमा भने काठमाडौंल जित निकालेको थियो।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.