2 weeks ago
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ सय ३५ रनको सामान्य चुनौती दिएको छ।
टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्यो। काठमाडौंले २० ओभरमा ६ विजेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो।
६ ओभरमा २२ रन मात्र जोड्दा काठमाडौंले ३ विकेट गुमाएर निकै कमजोर सुरूवात गर्यो। मर्चेन्ट डि लाङ्गेले पहिलो ओभरको पाँचौं बलमा आकाश त्रिपाठीलाई आउट गरे। यतिखेर काठमाडौंले रनको खाता समेत खोल्न सकेको थिएन।
तेस्रो ओभरमा विराटनगरले दोस्रो विकेट लियो। रिकार्डो भासकोन्केलोस ३ रनमा रन आउट हुन पुगे। ७ रनमा २ विकेट गुमाएर सम्हालिन नपाउँदै काठमाडौंलाई तेस्रो झट्का लाग्यो। प्रतिक श्रेष्ठ ३ रनमा लाङ्गेको बलमा नै आउट भए। काठमाडौंले लगत्तै चौथो विकेट गुमायो। १० रन बनाएका गराथ इरासमस सूर्य तामाङद्वारा कट एन्ड बोल्ड भए।
प्रभावशाली बलिङ गर्न सफल विराटनगरले २९ रन जोड्दा काठमाडौंको ४ विकेट लिंदै खेलमा दबाब बनायो। १० ओभरमा ४२ रन मात्र जोड्दा काठमाडौंले रनक जोड्न निकै संघर्ष गर्यो। पाँचौं विकेटको रूपमा ओपनर बेन्स चार्लसवर्थ ३३ बलमा ३२ रन जोडेर आउट भए।
निराशाजनक प्रदर्शन गरेको काठमाडौंले १५ ओभरको समाप्तिमा ७१ रन मात्र जोड्न सक्यो। १८ औं ओभरमा २४ बलमा २६ रन जोडेका सन्तोष यादवलाई सन्दीप लामिछानेले जर्ज मुन्सेद्वारा क्याच आउट गराए।
संघर्ष गर्दै सुस्त गतिमा रन जोडेको काठमाडौंको लागि हिटर मोहम्मद आदिल आलमले सातौं क्रमका टोलीलाई रन जोड्न महत्वपूर्ण पारी खेले।
दुई पटक विराटनगरका खेलाडीले क्याच ड्रप गर्दा जीवनदान पाएका आदिलले २५ बलमा ४ चौका र २ छक्का सहित अवजित ४८ रनको योगदान दिए। बलिङमा लाङ्गेले २ तथा शुभम र सन्दीपले १/१ विकेट लिए।
यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सललाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]