3 weeks ago
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ सय ३५ रनको सामान्य चुनौती दिएको छ।
टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्यो। काठमाडौंले २० ओभरमा ६ विजेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो।
६ ओभरमा २२ रन मात्र जोड्दा काठमाडौंले ३ विकेट गुमाएर निकै कमजोर सुरूवात गर्यो। मर्चेन्ट डि लाङ्गेले पहिलो ओभरको पाँचौं बलमा आकाश त्रिपाठीलाई आउट गरे। यतिखेर काठमाडौंले रनको खाता समेत खोल्न सकेको थिएन।
तेस्रो ओभरमा विराटनगरले दोस्रो विकेट लियो। रिकार्डो भासकोन्केलोस ३ रनमा रन आउट हुन पुगे। ७ रनमा २ विकेट गुमाएर सम्हालिन नपाउँदै काठमाडौंलाई तेस्रो झट्का लाग्यो। प्रतिक श्रेष्ठ ३ रनमा लाङ्गेको बलमा नै आउट भए। काठमाडौंले लगत्तै चौथो विकेट गुमायो। १० रन बनाएका गराथ इरासमस सूर्य तामाङद्वारा कट एन्ड बोल्ड भए।
प्रभावशाली बलिङ गर्न सफल विराटनगरले २९ रन जोड्दा काठमाडौंको ४ विकेट लिंदै खेलमा दबाब बनायो। १० ओभरमा ४२ रन मात्र जोड्दा काठमाडौंले रनक जोड्न निकै संघर्ष गर्यो। पाँचौं विकेटको रूपमा ओपनर बेन्स चार्लसवर्थ ३३ बलमा ३२ रन जोडेर आउट भए।
निराशाजनक प्रदर्शन गरेको काठमाडौंले १५ ओभरको समाप्तिमा ७१ रन मात्र जोड्न सक्यो। १८ औं ओभरमा २४ बलमा २६ रन जोडेका सन्तोष यादवलाई सन्दीप लामिछानेले जर्ज मुन्सेद्वारा क्याच आउट गराए।
संघर्ष गर्दै सुस्त गतिमा रन जोडेको काठमाडौंको लागि हिटर मोहम्मद आदिल आलमले सातौं क्रमका टोलीलाई रन जोड्न महत्वपूर्ण पारी खेले।
दुई पटक विराटनगरका खेलाडीले क्याच ड्रप गर्दा जीवनदान पाएका आदिलले २५ बलमा ४ चौका र २ छक्का सहित अवजित ४८ रनको योगदान दिए। बलिङमा लाङ्गेले २ तथा शुभम र सन्दीपले १/१ विकेट लिए।
यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सललाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]