2 weeks ago
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- निरज कुमार यादवको शतकमा एसिसी पुरुष यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित करवान ग्रुप मैदानमा आज भएको उद्घाटन खेलमा साउदी अरबियालाई ८ विकेटले हराएको छ।
जितको लागि २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर निरज र वंश क्षेत्रीले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाए।
छैटौं ओभरको पाँचौं बलमा मोहम्मद जुबेर सुनसाराको बलमा वंश ३० रनमा आउट भए। उनले २० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि निरज र निश्चल क्षेत्रीले दोस्रो विकेटका लागि १५५ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए। स्कोर बराबरी भएको अवस्थामा निरज ३१औँ ओभरमा हाशिर अहमद सज्जादद्वारा बोल्ड आउट भए। उनले ९० बलमा १३ चौका र एक छक्कासहित १ सय १४ रनको सानदार शतकीय पारी खेले।
निश्चलले ७३ बलमा पाँच चौका र एक छक्कासहित ६६ रनमा अविजित रहे। सिब्रिन श्रेष्ठले सामना गरेको पहिलो बलमै एक रन जोडेर नेपाललाई जित दिलाए।
त्यसअघि पहिले ब्याटिङ गरेको साउदीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो। मोहम्मद जुबेर सुनसाराले ७६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए।
मोहम्मद रेहान सिद्दीकीले ५९ बलमा ३ चौकासहित ४१ रन जोडे। ओमै अहमद वहाबले ३७ बलमा ३ चौका र ३ छक्कासहित ३९ रन बनाएका थिए।
बलिङमा अशोक धामीले २ विकेट लिए। दर्श सोनार, सिब्रिन श्रेष्ठ, सुशील बहादुर रावल र दयानन्द मण्डलले समान एक विकेट झारे। नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]