2 weeks ago
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- निरज कुमार यादवको शतकमा एसिसी पुरुष यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित करवान ग्रुप मैदानमा आज भएको उद्घाटन खेलमा साउदी अरबियालाई ८ विकेटले हराएको छ।
जितको लागि २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर निरज र वंश क्षेत्रीले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाए।
छैटौं ओभरको पाँचौं बलमा मोहम्मद जुबेर सुनसाराको बलमा वंश ३० रनमा आउट भए। उनले २० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि निरज र निश्चल क्षेत्रीले दोस्रो विकेटका लागि १५५ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए। स्कोर बराबरी भएको अवस्थामा निरज ३१औँ ओभरमा हाशिर अहमद सज्जादद्वारा बोल्ड आउट भए। उनले ९० बलमा १३ चौका र एक छक्कासहित १ सय १४ रनको सानदार शतकीय पारी खेले।
निश्चलले ७३ बलमा पाँच चौका र एक छक्कासहित ६६ रनमा अविजित रहे। सिब्रिन श्रेष्ठले सामना गरेको पहिलो बलमै एक रन जोडेर नेपाललाई जित दिलाए।
त्यसअघि पहिले ब्याटिङ गरेको साउदीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो। मोहम्मद जुबेर सुनसाराले ७६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए।
मोहम्मद रेहान सिद्दीकीले ५९ बलमा ३ चौकासहित ४१ रन जोडे। ओमै अहमद वहाबले ३७ बलमा ३ चौका र ३ छक्कासहित ३९ रन बनाएका थिए।
बलिङमा अशोक धामीले २ विकेट लिए। दर्श सोनार, सिब्रिन श्रेष्ठ, सुशील बहादुर रावल र दयानन्द मण्डलले समान एक विकेट झारे। नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]