2 weeks ago
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले दोस्रो जित हात पारेको छ।
काठमाडौंले आज लुम्बिनी लायन्सलाई २२ रनले हरायो। काठमाडौंको जितमा कप्तान करण केसीको बिष्फोटक ब्याटिङ प्रमुख बन्यो। लुम्बिनीको यो लगातार दोस्रो हार हो।
१ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा आल आउट हुँदै १ सय ३५ रनमा रोकियो। लुम्बिनीले सुरुवात कमजोर गर्यो। लुम्बिनी पनि पावर प्लेमा चुक्यो।
टोलले ६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४९ रन बनायो। मिलिन्द कुमारले लुम्बिनीका २ ओपनरलाई आउट गरे। ७ रन बनाएका सन्दीप जोरा रसिद खानद्वारा क्याच आउट भए।
११ बल खेल्दै ३ चौका र १ छक्का सहित २२ रन जोडेका डार्सी सर्ट २२ रनमा आउट भए। २ विकेटको नोक्सानीमा लुम्बिनीले ३३ रन बानएको थियो।
त्यसपछि टेष्ट राष्ट्रका खेलाडी गुलबद्दीन नाइब यो खेलमा पनि क्रिजमा टिक्न सकेनन्। उनी ६ बलमा ११ रन जोडेर साहब अलामको बलमा जेरार्ड इरासमद्वारा समातिए।
त्यसपछि आठौं ओभरमा इरासमसले कप्तान रोहित पौडेलको विकेट लिए। ११ रन बनाएका रोहित एलबिडब्लु धरापमा परे। ४ विकेटको नोक्सानीमा लुम्बिनीले ५८ रन मात्र जोड्दा दबाबमा आएको थियो।
८ ओभरको समाप्तिमा ६४ रन जोडेको लुम्बिनीलाई एउटा राम्रो साझेदारी जरुरी थियो। जिम्मेवारीका साथ ब्याटिङ गर्नुपर्ने थियो। तर ११ औं ओभरमा सन्तोष यादवले जेजे स्मिथलाई ८ रनमा आउट गरे।
त्यही ओभरमा सुमित महर्जन रनको खाता नखोली रन आउट भए। ७२ रनको स्थितिमा ६ विकेट गुमायो। लगतै १२ ओभरमा रुबेन ट्रम्पलम्यान ५ रनमा सातौं विकेटको रूपमा पबिलियन फर्किए। त्यतिखेल लुम्बिनीलाई ४९ बलमा ७९ रन जोड्नु थियो। खेलमा काठमाडौं हाबी बन्यो।
त्यसपछि ३३ बल खेलेर १ चौका र १ छक्का सहित २५ रन बनाएर दीलिप नाथ करणको बलमा साहाबद्वारा क्याच आउट भए। टोलीले १ सय ४ रन जोड्दा ८ विकेट गुमायो। १७ औं ओभरमा शेर मल्लले ३ छक्का प्रहार गर्दा यो ओभरमा लुम्बिनीले २० रन जोड्यो।
जितको लागि अन्तिम १८ बलमा ३३ रन जरूरी हुँदा १८ औं ओभरको पहिलो बलमा सेर रन आउट भए। उनले १७ बलमा २६ रन बनाए। टिमको लागि यो नै व्यक्तिगत उच्च स्कोर बन्यो। १० औं विकेटको रुपमा अविशेष गौतम ४ रनमा रसिदद्वारा आउट भए।
बलिङमा मिलिन्द र इरासमसले समान २ विकेट लिए। करण, रसिद, साहब र सन्तोषले समान १ विकेट झारे।
त्यसअघि टियु क्रिकेट स्टेडियममा लुम्बिनीका कप्तान रोहितले टस जितेर पहिले ब्याटिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो। जारी सिजन काठमाडौंले बनाएको यो उच्च योगफल हो।
काठमाडौंले यो खेलमा पनि पावर प्लेको सदुपयोग गर्न सकन्। पहिलो पावर प्लेमा २ विकेट गुमाउँदै मात्र ४२ रन बनायो। ओपनर बेन चाल्सवर्थ सामना गरेको पहिलो बलमा रनको खाता नखोली आउट भए। शेरले बेनलाई आउट गर्दा काठमाडौंले १ रन बनाएको थियो।
वान डाउनमा क्रिजमा गएका रसिद खान पाँचौं ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराद्वारा क्याच आउट भए। २८ रनको स्थितिमा दुई विकेट गुमाएको काठमाडौंले कमजोर सुरूवात गर्यो।
रन जोड्न संघर्ष गरेको काठमाडौंले पहिलो पावर प्लेपछिको चार ओभरमा १४ रन मात्र बनाउन सक्यो। १० ओभर सकिंदा काठमाडौंले ५६ रन मात्र बनाएको थियो।
ओपनर आकाश त्रिपाठी खराब सट खेल्दै आउट भए। सेर मल्लको बलमा रिभर्स स्विफ्ट खेलेका उनको बल सिधै डार्सी सर्टको हातमा पर्यो। आकाश ३६ बलमा ३ चौका सहित ३२ रन जोडेर आउट भए। तेस्रो विकेट गुमाउँदा काठमाडौंले ५९ रन मात्र जोड्न सक्यो।
१२ औं ओभरमा लुम्बिनी कप्तान रोहित बलिङमा आए। पहिलो बलमा जोन सिम्पसनले छक्का प्रहार गरे। तर दोस्रो बलमा रोहितले सिम्पसनलाई कट एन्ड बोल्ड गरे।
त्यही ओभरको अन्तिम बलमा १७ रन बनाएका मिलिन्द कुमार आउट भए। सेर मल्लले उत्कृष्ट वान ह्यान्डेड क्याच लिए। १२ ओभरको समाप्तिमा काठमाडौंले ५ विकेटको क्षतिमा ७३ रन बनाएर संघर्ष गर्यो।
यसपछि सन्तोष यादव र जेरार्ड इरासमसले छैटौं विकेटको लागि ३६ रनको साझेदारी गरेपछि सन्तोष रुबेनको बलमा सेर मल्लद्वारा क्याच आउट भए। उनले १६ बलमा २ छक्का सहित २६ रन बनाए। लगत्तै इरासमस पनि १७ रनमा गुल्बद्दीन नायबको बलमा आउट भए। इरासमस आउन हुँदा टिमले १ सय १७ रन बनाएको थियो।
तर करणले १९ औं ओभरमा छक्काको बर्षात गरे। लुम्बिनीका रूबेनलाई निरिह बनाउँदै ४ छक्का प्रहार गरे। यो ओभरमा काठमाडौंले ३१ रन जोड्दै टिमको योगफललाई बढाए।
यो ओभरमा करणले मात्र २८ रन बनाए। २० औं ओभरको पहिलो बलमा आदिल अलाम गुलबद्दीनको बलमा आउट भए। करणले बिष्फोटक ब्याटिङ गरे।
११ बलमा १ चौका र ४ छक्का सहित अविजित ३४ रन बनाए। बलिङमा रुबेन, सेर, गुलबद्दीन र रोहतले समान २ विकेट लिए।
चौथो खेल खेलेको काठमाडौंको यो दोस्रो जित हो। उसले ४ अंक बनाएको छ। जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरूवात गरेको काठमाडौले त्यसपछि भने लगातार दुई खेल हारेको थियो। सुदूरपश्चिम रोयल्ससँग २९ रनले र विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो।
लुम्बिनीको ३ खेलमा यो दोस्रो हार हो। पहिलो खेलमा चितवनलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गर्न सफल रहेपनि लुम्बिनीले दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटको हार भोगेको थियो।
३ खेलबाट लुम्बिनीले २ अंक बनाएको छ। भोलि विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]