1 week ago
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पहिलो जित निकालेको छ।
पोखराले आज साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै अंकको खाता खोलेको हो। जनकपुर लगातार तेस्रो खेलमा पराजित भएको छ। पोखराको जितमा विपिन खत्रीको बलिङ सानदार रह्यो। खराब ब्याटिङ जनकपुरको हारको कारण बन्यो।
जितको लागि १ सय ५६ रनको प्रतिस्पर्धात्मक चुनौती पछाएको जनकपुर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रनमा रोकियो। जनकपुर पावर प्लेको सदुपयोग गर्न चुक्यो।
६ ओभरमा ३७ रन मात्र जोड्दा ४ विकेट गुमाउन पुग्दा सुरुवात देखि नै दबाबमा आयो। पहिलो ओभर बलिङ गर्न आएका विपिनले पहिलो ओभरमा नै २ विकेट लिए।
चौथो बलमा आशिफ शेखलाई गोल्डेन डक आउट गरे। छैटौं बलमा ४ रन बनाएका शुभ कंशकारलाई बोल्ड आउट गर्दै विपिनले सानदार सुरुवात दिलाए।
यसपछि चौथो ओभर जनकपुरले फेरि बिर्सनलायक खेल्यो। सुमित बर्माले एकै ओभरमा २ विकेट झारे। जान निकलो लोफ्टीलाई २ रनमा र २० रन जोडेका ओपनर माज सडाकतलाई आउट गरे। लगत्तै सातौं ओभरको तेस्रो बलमा कप्तान अनिल शाह विपिनको बलमा त्रितराजद्वारा क्याच आउट भए। त्यतिखेर जनकपुरले ३७ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो।
निरन्तर अन्तरालमा विकेट गुमाएको जनकपुरका ब्याटरहरुले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै गतिलो साझेदारी समेत बनाउन सकेनन्। छैटौं विकेटको रुपमा मयंक यादवलाई पनि विपिनले आउट गरे। उनी ४ रनमा आउट भए।
१० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ५९ रन बनाएको जनकपुरलाई जितको लागि अन्तिम ६० बलबाट ९७ रन जरुरी थियो।
यसपछि सञ्जय कृष्णमुर्ती कुशल भुर्तेलको बलमा आउट भए। उनले २५ रन बनाए। यसपछि रूपेश सिंह ७ रनमा जेम्स निशमको बलमा आउट भए।
८ विकेटको क्षतिमा जनकपुरले ९१ रन मात्र बनाउँदा हार लगभग निश्चित बनेको थियो। आठौं क्रमका ब्याटर वाइनी पार्नेल ३८ बलमा २ चौका र ४ छकमका सहित अर्धशतक बनाएर रिटयर्ड हर्ट भए। ललित राजवंशी अविजित १० रनमा रहे।
बलिङमा विपिनले ४ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए। सुमितले २ विकेट तथा कुशल र जेम्स निसमले १/१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट स्टेडियममा पोखराका कप्तान कुशलले टस जितेर ब्याटिङ रोजे। जारी लिगमा टस जितेर ब्याटिङ रोज्ने पोखरा पहिलो टोली बन्यो। पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।
ओपनरद्वय दिनेश खरेल र एडम रोसिङ्गटनले राम्रो सुरूवात दिलाए। पहिलो पावर प्लेमा यी दुईले ४५ रन बनाए। यी दुईले पहिलो विजेटको लागि ६१ रनको साझेदारी गरेपछि एडम सञ्जय कृष्णमुर्तीले लोफ्टीद्वारा क्याच आउट भए। १७ बलमा ३ चौका सहित २४ रन जोडे।
यसपछि पोखराले थप ३ रन जोड्ने क्रममा ४ विकेट गुमायो। वान डाउनमा आएका कुशललाई कृष्णमुर्तीले गोल्डेन डक आउट गरे। ३८ बलमा ३८ रन बनाएका दिनेशलाई अनिलले र निशमलाई कृष्णमुर्तीले आउट गरे। ६४ रन जोड्दा पोखराले महत्वपूर्ण ४ विकेट गुमायो। आश गरिएका विदेशी खेलाडी निशम यो खेलमा पनि चल्न सकेनन्।
यसपछि सुमित र त्रितराजले सुझबुझपूर्ण ब्याटिङ गरे। उनीहरूले पाँचौं विकेटका लागि ७२ रनको साझेदारी गर्दै इनिङ्स उकासे। २८ बलमा २ चौका सहित २९ रन जोडेर रन आउट भए।
लगत्तै ड्यान डाउथवेट ७ रनमा ललित राजवंशीको बलमा आउट भए। सुमितले २८ बलमा २ चौका ४ छक्का सहित अर्धशतक बनाए। उनी अविजित ५० रनमा रहे। बलिङमा सञ्जयले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए। अनिल र ललितले १/१ विकेट लिए।
तेस्रो खेलमा पहिलो जित निकालेको पोखराले २ अंक जोडेको छ। पोखराले प्ले अफको संभावनालाई कायमै राखेको छ। जनकपुरको यो लगातार तेस्रो हार हो। उसले अंकको खाता खोल्न सकेको छैन।
एनपिएलमा भोलि २ खेल हुनेछन्। पहिलो खेल चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किग्सबीच हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]