2 weeks ago
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर कर्णालीले पहिला ब्याटिङ गर्ने भएको छ।
विराटनगरको यो पाँचौं खेल हो। उसले ४ खेलबाट ६ अंक बनाएको छ। विराटनगर पछिल्लो खेलमा चितवनसँग ४८ रनले हारेको थियो।
लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले पहिलो हार चखाएको थियो। त्यसअघि भने विराटनगरले जनकपुर बोल्ट्सलाई ९ विकेटले, काठमाडौं गोर्खाजलाई ५ विकेटले र पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो।
कर्णालीको यो चौथो खेल हो। पछिल्लो खेलमा
कर्णाली सुदूरपश्चिम रोयलसँग ४५ रनले हारेको थियो। जहाँ कर्णाली ९४ रनमा समेटिएको थियो। त्यसेैले कर्णाली आज ब्याटिङमा सजक रहनुपर्नेछ। कर्णाली चितवनसँग ४ विकेटले हारेको थियो । लुम्बिनीलाई ९ विकेटले हराएको थियो। कर्णालीसँग २ अंक छ।
कर्णालीले आज प्लेइङ ११ मा १ र विराटनगरले ३ खेलाडी परिवर्तन गरेको छ। कर्णालीका अर्जुन घर्तीको स्थानमा दीपक डुन्रेलाई स्थान दिइएको छ।
विराटनगरका सूर्य तामाङ, नरेन भट्ट र शुभम रञ्जानेको स्थानमा साहिल पटेल, सुबाश भण्डारीको स्थानमा सेहान जय सूर्यालाई खेलाइएको छ।
यसअघि आज पहिलो खेलमा काठमाडौं तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौंले चितवन राइनोजलाई ५३ रनले ले हरायो।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]