default_image

1 week ago

November 28, 2025

कर्णालीले पहिला ब्याटिङ गर्ने

359 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर कर्णालीले पहिला ब्याटिङ गर्ने भएको छ।

विराटनगरको यो पाँचौं खेल हो। उसले ४ खेलबाट ६ अंक बनाएको छ। विराटनगर पछिल्लो खेलमा चितवनसँग ४८ रनले हारेको थियो।

लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले पहिलो हार चखाएको थियो। त्यसअघि भने विराटनगरले जनकपुर बोल्ट्सलाई ९ विकेटले, काठमाडौं गोर्खाजलाई ५ विकेटले र पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो।

कर्णालीको यो चौथो खेल हो। पछिल्लो खेलमा
कर्णाली सुदूरपश्चिम रोयलसँग ४५ रनले हारेको थियो। जहाँ कर्णाली ९४ रनमा समेटिएको थियो। त्यसेैले कर्णाली आज ब्याटिङमा सजक रहनुपर्नेछ। कर्णाली चितवनसँग ४ विकेटले हारेको थियो । लुम्बिनीलाई ९ विकेटले हराएको थियो। कर्णालीसँग २ अंक छ।

कर्णालीले आज प्लेइङ ११ मा १ र विराटनगरले ३ खेलाडी परिवर्तन गरेको छ। कर्णालीका अर्जुन घर्तीको स्थानमा दीपक डुन्रेलाई स्थान दिइएको छ।

विराटनगरका सूर्य तामाङ, नरेन भट्ट र शुभम रञ्जानेको स्थानमा साहिल पटेल, सुबाश भण्डारीको‌ स्थानमा सेहान जय सूर्यालाई खेलाइएको छ।

यसअघि आज पहिलो खेलमा काठमाडौं तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौंले चितवन राइनोजलाई ५३ रनले ले हरायो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.