default_image

1 week ago

November 29, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने, कप्तान अनिल ड्रप

583 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

टस जितेर जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेको छ।आजको खेलमा जनकोुरले नियमित कप्तान अनिल शाहलाई ड्रफ गरेको छ।

कप्तानको जिम्मेवारी वायन पार्नेललाई दिइएको छ। अनिलको स्थानमा आदित्यलाई अवसर दिइएको छ। सुदूरपश्चिमले पनि १ परिवर्तन गरेको छ। नरेन साउदको स्थानमा मिलन बोहरालाई खेलाएको छ।

सुदूरपश्चिम जारी एनपिएलको एक मात्र अपराजित टोली हो। उसले लगातार खेलमा जित निकालेर ८ अंक बनाएको छ। यो जितले सुदूरपश्चिम प्ले अफमा पुग्ने निश्चित हुनेछ।

साविक विजेता जनकपुर भने जारी एनपिएलमा जित निकाल्न नसकेको एक मात्र टोली हो। लगातार ३ खेल हारेको जनकपुर अंक तालिकाको पुछारमा छ। त्यसैले आजको जित उसको लागि निकै महत्वपूर्ण रहनेछ। जितले प्ले अफको संभावना कायमै रहनेछ।

यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको यो चौथो खेलमा तेस्रो हार हो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.