2 weeks ago
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
टस जितेर जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेको छ।आजको खेलमा जनकोुरले नियमित कप्तान अनिल शाहलाई ड्रफ गरेको छ।
कप्तानको जिम्मेवारी वायन पार्नेललाई दिइएको छ। अनिलको स्थानमा आदित्यलाई अवसर दिइएको छ। सुदूरपश्चिमले पनि १ परिवर्तन गरेको छ। नरेन साउदको स्थानमा मिलन बोहरालाई खेलाएको छ।
सुदूरपश्चिम जारी एनपिएलको एक मात्र अपराजित टोली हो। उसले लगातार खेलमा जित निकालेर ८ अंक बनाएको छ। यो जितले सुदूरपश्चिम प्ले अफमा पुग्ने निश्चित हुनेछ।
साविक विजेता जनकपुर भने जारी एनपिएलमा जित निकाल्न नसकेको एक मात्र टोली हो। लगातार ३ खेल हारेको जनकपुर अंक तालिकाको पुछारमा छ। त्यसैले आजको जित उसको लागि निकै महत्वपूर्ण रहनेछ। जितले प्ले अफको संभावना कायमै रहनेछ।
यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको यो चौथो खेलमा तेस्रो हार हो।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]