2 weeks ago
November 30, 2025
एजेन्सी – घरेलु टोली भारतले दक्षिण अफ्रिकामाथि १७ रनको रोमाञ्चक जित हासिल गर्दै ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ।
राँचीमा आइतवार भारतको जितमा विराट कोहलीको शानदार शतक, रोहित शर्मासँगको ठूली साझेदारी, हरसित रानाको नयाँ बलमा दिएको दोस्रो ओभरकै दोहोरो प्रहार र कुलदीप यादवको किफायती तथा प्रभावशाली बलिङ निर्णायक बने।
पहिले ब्याटिङ गर्ने आमन्त्रण पाएको भारतले ८ विकेटको क्षतिमा ३ सय ४९ रन बनायो। भारतीय इनिङको केन्द्रविन्दुमा कोहली रहे। उनले १ सय २० बलमा १ सय ३५ रनको धैर्यपूर्ण तर आक्रामक इनिङ खेले। उनले ७ छक्का र ११ चौका प्रहार गरे। कोहोलीको यो ५२ औं ओडिआई शतक हो।
कोहलीले दोस्रो विकेटका लागि रोहियसँग १ सय ३६ रनको महत्त्वपूर्ण साझेदारी गरे। रोहितले ५७ रन बनाए। खेलको क्रममा पाकिस्तानका शाहिद अफ्रिदीको ओडिआईमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान तोड्दै आफ्नो छक्काको संख्या ३ सय ५२ पुर्याए।
अन्त्यतिर कप्तान केएल राहुलले ६० रन र रविन्द्र जडेजाले ३२ रन जोडेपछि भारतले बलियो लक्ष्य दिएको थियो।
३ सय ५० रनको विशाल लक्ष्य पछ्याउँदै मैदान उत्रिएको दक्षिण अफ्रिकाले भने खराब सुरुवात गर्यो। पाँचौँ ओभर भित्रै उनका शीर्ष ३ ब्याटर पेभेलियन फर्किए।
हरसित रानाले आफ्नो पहिलो ओभरमै रायन रिकेलटन र क्विन्टन डि ककलाई शून्यमै क्याच गराउँदै भारतलाई उत्कृष्ट सुरुवात दिलाए। अर्सदीप सिंहले कप्तान एइडन मार्करामलाई आउट गरेपछि दक्षिण अफ्रिका ११ रनमै ३ विकेट गुमाएर दबाबमा पर्यो।
तर मध्यक्रमका ब्याटरहरूले इनिङ सम्हाल्ने प्रयास गरे। म्याथ्यु ब्रीट्ज्केले ७२ रन, डेवाल्ड ब्रेभिसले ३७ रन र टोनी डे जोरजीले ३९ रन बनाएर इनिङलाई अघि बढाए। यद्यपि भारतका स्पिनर कुलदीपले मध्यओभरमा उत्कृष्ट बलिङ गर्दै रन गति रोके । त्यसले भारतलाई खेल नियन्त्रणमा राख्न मद्दत गर्यो।
अन्त्यतिर दक्षिण अफ्रिकाका मार्को जान्सेनले आक्रामक रुपमा खेल्दै ३९ बलमा ७० रन बनाएपछि खेल पुनः रोमाञ्चक बन्यो।
त्यस्तै, कोर्बिन बोशले पनि ५१ बलमा ६७ रन जोडेर अन्तिम ओभरसम्म दक्षिण अफ्रिकालाई खेलमा राखे । खेलको अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक थियो। तर प्रसिद्ध कृष्णाको बलमा बोशले ठूला सट प्रहार गर्दा रोहितले क्याच लिएपछि दक्षिण अफ्रिकाको आशा सकियो । भारतले १७ रनले विजयी भयो।
दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३ सय ३२ रन मात्र बनाउन सक्यो। बलिङतर्फ भारतका लागि हरसित राना ३, कुलदीप यादव ४, अर्सदीप सिंह २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]