default_image

1 week ago

November 30, 2025

भारतको रोमान्चक जित

1303 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारतले दक्षिण अफ्रिकामाथि १७ रनको रोमाञ्चक जित हासिल गर्दै ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ।

राँचीमा आइतवार भारतको जितमा विराट कोहलीको शानदार शतक, रोहित शर्मासँगको ठूली साझेदारी, हरसित रानाको नयाँ बलमा दिएको दोस्रो ओभरकै दोहोरो प्रहार र कुलदीप यादवको किफायती तथा प्रभावशाली बलिङ निर्णायक बने।

पहिले ब्याटिङ गर्ने आमन्त्रण पाएको भारतले ८ विकेटको क्षतिमा ३ सय ४९ रन बनायो। भारतीय इनिङको केन्द्रविन्दुमा कोहली रहे। उनले १ सय २० बलमा १ सय ३५ रनको धैर्यपूर्ण तर आक्रामक इनिङ खेले। उनले ७ छक्का र ११ चौका प्रहार गरे। कोहोलीको यो ५२ औं ओडिआई शतक हो।

कोहलीले दोस्रो विकेटका लागि रोहियसँग १ सय ३६ रनको महत्त्वपूर्ण साझेदारी गरे। रोहितले ५७ रन बनाए। खेलको क्रममा पाकिस्तानका शाहिद अफ्रिदीको ओडिआईमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान तोड्दै आफ्नो छक्काको संख्या ३ सय ५२ पुर्‍याए।

अन्त्यतिर कप्तान केएल राहुलले ६० रन र रविन्द्र जडेजाले ३२ रन जोडेपछि भारतले बलियो लक्ष्य दिएको थियो।

३ सय ५० रनको विशाल लक्ष्य पछ्याउँदै मैदान उत्रिएको दक्षिण अफ्रिकाले भने खराब सुरुवात गर्‍यो। पाँचौँ ओभर भित्रै उनका शीर्ष ३ ब्याटर पेभेलियन फर्किए।

हरसित रानाले आफ्नो पहिलो ओभरमै रायन रिकेलटन र क्विन्टन डि ककलाई शून्यमै क्याच गराउँदै भारतलाई उत्कृष्ट सुरुवात दिलाए। अर्सदीप सिंहले कप्तान एइडन मार्करामलाई आउट गरेपछि दक्षिण अफ्रिका ११ रनमै ३ विकेट गुमाएर दबाबमा पर्‍यो।

तर मध्यक्रमका ब्याटरहरूले इनिङ सम्हाल्ने प्रयास गरे। म्याथ्यु ब्रीट्ज्केले ७२ रन, डेवाल्ड ब्रेभिसले ३७ रन र टोनी डे जोरजीले ३९ रन बनाएर इनिङलाई अघि बढाए। यद्यपि भारतका स्पिनर कुलदीपले मध्यओभरमा उत्कृष्ट बलिङ गर्दै रन गति रोके । त्यसले भारतलाई खेल नियन्त्रणमा राख्न मद्दत गर्‍यो।

अन्त्यतिर दक्षिण अफ्रिकाका मार्को जान्सेनले आक्रामक रुपमा खेल्दै ३९ बलमा ७० रन बनाएपछि खेल पुनः रोमाञ्चक बन्यो।

त्यस्तै, कोर्बिन बोशले पनि ५१ बलमा ६७ रन जोडेर अन्तिम ओभरसम्म दक्षिण अफ्रिकालाई खेलमा राखे । खेलको अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक थियो। तर प्रसिद्ध कृष्णाको बलमा बोशले ठूला सट प्रहार गर्दा रोहितले क्याच लिएपछि दक्षिण अफ्रिकाको आशा सकियो । भारतले १७ रनले विजयी भयो।

दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३ सय ३२ रन मात्र बनाउन सक्यो। बलिङतर्फ भारतका लागि हरसित राना ३, कुलदीप यादव ४, अर्सदीप सिंह २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.