2 weeks ago
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा युएईले नेपाललाई जितको लागि १ सय ४८ रनको चुनौती दिएको छ।
अजमानको कारवान ग्राउन्डमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४५.५ मा अल आउट हुँदै १ सय ४७ रन बनायो।
दयानन्द मण्डलले पहिलो ४ विकेट लिंदै युएई विरूद्ध नेपालले उत्कृष्ट सुरुवात गर्यो। ओपनर तथा कप्तान यायिन राय दयानन्दको बलमा रोयल आउट भए। लगत्तै ५ रन बनाएका जानुउल्लाह रेहमानीलाई पनि दयानन्दले नै एलबिडब्लु धरापमा पारे।
५ रन बनाउँदा २ विकेट गुमाएको युएईले सातौं ओभरमा थप दुई विकेट गुमायो। सातौं ओभरको दोस्रो बलमा ओपनर आयान मिसबाह र यही ओभरको पाँचौं बलमा मुहम्मद रायन खानलाई दयानन्दले पबिलियनको बाटो देखाइदिए। आयानले ११ रन बनाउँदा मुहम्मदले रनको खाता खोल्न सकेका थिएनन्।
पाँचौं विकेटको रुपमा पृथ्वी मधु ४ रनमा अशोक धामीद्वारा बोल्ड आउट भए। यसपछि अहमद खुदादत र नोरउल्लाह अबोयीले छैठौं विकेटका लागि ५६ रनको साझेदारी गरे। नोरउल्लाह २६ रन जोडेर अपराजित पौडेलको बलमा आउट भए। ३१.४ ओभरमा युएईले १ सय रन जोडेको थियो।
लगत्तै ७ रन बानएका उद्दिश सुनलाई पनि अपराजितले नै आउट गरे। आठौं विकेटको रूपमा सालेह अमिन ५ रनमा आउट भए।
क्रिजमा जमेका अहमद खुदादतले १ सय २६ बल खेल्दै ६ चौका सहित ७१ रनको उत्कृष्ट पारी खेले। उनलाई पनि दयानन्दले नै आउट गरे।
बलिङमा दयानन्द नायक बने। उनले ६ ओभर ५ बए बलिङ गर्दै मात्र १७ रन दिएर ६ विकेट लिए। अपराजितले २ विकेट आफ्नो नाममा लेखाए।
नेपाल अपराजित रहँदै प्रतियोगिताको फाइनलमा पुगेको हो।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]