7 hours ago
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली खेलको सबैभन्दा ठूलो घरेलु इभेन्टका रुपमा आफूलाई स्थापित गरिसकेको छ।
एनपिएलमा भएको लगानी, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानबाट रंगशालामा परिणत हुँदै पहिलो पटक फ्लाइट र कुर्सी, व्यवस्थापन र अन्तर्राष्ट्रिय चर्चा यसका सफल पाटा हुन् । त्यसमा केही विवाद र आलोचनाका गर्ने विषय पनि छन् नै । तर, एनपिएलको भव्य सफलताले कतिपय कमजोरीलाई छोपेको छ।
त्यहि एनपिएल आज क्लाइमेक्समा आई पुगेको छ।
एनपिएलको दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउँदैछ। फाइनलमा सानदार प्रदर्शन गरिरहेको सुदूरपश्चिम रोयल्स र लिगको डार्क हर्सको रुपमा रहेको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल खेल्दैछ। लुम्बिनी पहिलो पटक फाइनलमा पुगेको हो। यी दुई फाइनलिष्टको यात्रा यो पटक अत्यन्त फरक रह्यो।
सुदूरपश्चिमले रवाफिलो प्रदर्शनमा ६ खेल जितेर क्वालिफायर वानमा स्थान बनायो। उसले अहिलेसम्म मात्र एक खेल हारेको छ। लिग चरणको अन्तिम खेलमा
सुदूरपश्चिम विराटनगर किङ्ससँग ६ विकेटले पराजित भएको थियो।

क्वालिफायर वानमा पनि सुदूरपश्चिमले विराटनगरलाई नै प्रतिद्वन्द्वी पायो। लिगको हार बिर्सेर सानदार कमब्याक गर्न सुदूरपश्चिम सफल रहयो। विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिमले दोस्रो पटक उपाधिमा दाबेदारी प्रस्तुत गरेको थियो।
त्यसको ठीक विपरित लुम्बिनीले प्ले अफमा पुग्न निकै संघर्ष गर्नुपर्यो। चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनीले पहिलो खेलमा चितवनलाई हरायो।
यसपछि लगातार ३ खेल हार्यो। लगातार ३ हारमा सुदूरपश्चिमसँगको ७ विकेटको हार पनि सामेल छ। त्यसपछि पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जितको यात्रा सुरु गर्यो । त्यसपछि भने टोलीले पछाडि फर्कनु परेको छैन।
लिगमा पोखरापछि विराटनगर र जनकपुर बोल्ट्सलाई माथ दिँदै चौथो स्थानमा रहेर प्ले अफमा पुग्यो।
त्यसपछि एलिमिनेटरमा काठमाडौंलाई १ सय ११ रनमा समेट्दै ४ विकेटको जित दर्ज गरेर क्वालिफायर टुमा पुग्यो। जहाँ बलियो मानिएको विराटनगरलाई ९४ रनमा समेट्दै लुम्बिनी ४० रनको प्रभावशाली जितका साथ फाइनलमा पुग्यो।
यसरी लगातार ५ खेल जितेको लुम्बिनी र उच्च प्रदर्शन गरिरहेको सुदूरपश्चिमबीचको फाइनल दिउँसो ३:३० बजे सुरु हुनेछ।
कप्तान भर्सेस कप्तान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल र उप कप्तान दीपेन्द्र सिंह ऐरी एनपिएलको उपाधिका आ आफ्नो टोलीको नेतृत्व गर्दै मैदानमा उत्रदैछन्।

लुम्बिनीका कप्तान रोहित राष्ट्रिय क्रिकेट टोली सफल कप्तान हुन्। सुदूरपश्चिम कप्तान दीपेन्द्र लामो समयदेखि राष्ट्रिय टोली उप कप्तानको जिम्मेवारीमा छन् । अनुभवको आधारमा दीपेन्द्र अगाडि छन्। लामो समयदेखि राष्ट्रिय टिमबाट खेलिरहेका छन्। आज यी दुईबीच कप्तानी र नेतृत्वको प्रतिस्पर्धा पनि हुनेछ।
रोहित भर्सेेस विनोद
लुम्बिनीका रोहित र सुदूरपश्चिम ओपनर तथा विकेटकिपत विनोद भण्डारीको प्रदर्शन महत्वपूर्ण रहन सक्छ। विनोद यो सिजन उच्च लयमा छन्।
सुदूरपश्चिमको फाइनलसम्मको यात्रामा उनको प्रदर्शन महत्वपूर्ण रहँदै आएको छ। २ खेलमा अर्धशतक बनाएर प्लेयर अफ दी म्याच बनेका उनले क्वालिफायरमा विराटनगर विरूद्ध बनाएको ६३ रनको स्कोर महत्वपूर्ण रहेको थियो।
विनोदले ओपनिङ ब्याटिङमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ८ खेलमा २ अर्धशतकसहित २ सय ६४ रन बनाइसकेका छन्। यो क्रममा उनले २३ चौका र २ छक्का प्रहार गरेका छन्। उनी सर्वाधिक रन बनाउने सुचीमा दोस्रो स्थानमा छन्। नेपाली खेलाडीमा सर्वाधिक रन बनाउने सूचीमा विनोद शीर्ष स्थानमा छन् । हुन्। किपिङबाट पनि उनले योगदान दिएका छन्। त्यसैले उनको प्रदर्शन प्रमुख रहनेछ।

लुम्बिनीका रोहित को ब्याटबाट धेरै ठूलो सट निक्लनब सकेको छैन। उनले कठिन परिस्थितिमा टोलीलाई सम्हाल्ने प्रदर्शन गरिरहेका छन्। वान डाउनमा क्रिजमा छिर्दा प्राय उनी दबाबमा नै हुने गरेका छन्। उनले जारी एनपिएलमा अर्धशतक बनाउन सकेका छैनन्।
उनको सर्वाधिक स्कोर ४९ रन हो। तर उनी ९ खेलबाट २ सय ६० रनका साथ सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सुचीमा दोस्रो स्थानमा छन्। उनले १४ चौका र ८ छक्का प्रहार गरेका छन्। साथै उनले ७ विकेट पनि लिएका छन्। उनको प्रदर्शन आज हेर्न लायक हुनेछ।
रोहित र विनोद सर्वाधिक रन जोड्ने होडमा समेत छन्।
अभिनाष भर्सेस शेर
सुदूरपश्चिमका अभिनाष बोहरा र लुम्बिनीका शेर मल्ल टोलीमा प्रभाव पार्ने बलर हुन्। यी दुवै उच्च लयमा छन्। अभिनाषले ८ खेलमा १६ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो स्थानमा छन्। १७ विकेटका साथ विराटनगरका सन्दीप लामिछाने शीर्षस्थानमा छन्।

अभिनाषको उत्कृष्ट प्रदर्शन जनकपुर विरूद्ध थियो । जसमा उनले ३० रन दिएर ४ विकेट लिएका थिए। यस्तै लुम्बिनी विरूद्ध पनि उनले लिग चरणमा ३ विकेट लिएका थिए। उनको बलिङ लुम्बिनीको लागि घातक हुन सक्छ।
युवा बलर शेर आज टाइगरका समर्थकहरूलाई महङ्गो पर्न सक्छ। उनले ९ खेलबाट १४ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने सुचीमा तेस्रो स्थानमा छन्। उनले महत्वपूर्ण खेलमा टिमलाई जित दिलाउन उत्कृष्ट बलिङ गरेका छन्। उनले काठमाडौं र विराटनगर विरूद्ध समान ३ विकेट लिएका थिए।

उनी दोस्रो पटक एनपिएल उपाधि जित्ने दाउमा हुनेछन्। उनले पहिलो संस्करणमा जनकपुरबाट ट्रफी उचालिसकेका छन्। शेर र अभिनाष दुवै सर्वाधिक विकेट लिने खेलाडीको दौडमा पनि छन्।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीले आज प्लेइङमा एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिथको स्थानमा मोभिन सुभासिंहालाई मौका दिइएको छ। सुदूरपश्चिमले आज २ परिवर्तन गरेको […]