9 years ago
April 9, 2017
एजेन्सी- आज भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतकोपहिलो खेलमा सनराइजर्स हैदराबादले गुजरात लायन्सबिरुद्ध सहज जित हात परेको छ। ब्याटिंगमा डेभिड वार्नर र बलिङ्गमा रशिद खान चम्किएपछि हैदराबादको जित सहज भएको हो।

घरेलु मैदानमा टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको हैदराबाद अफगानिस्तानका युवा बलर रशिद खान चम्किएपछि गुजरातलाई १४०मै रोक्न सफल भएको थियो। गुजरातका लागि जेसन रोयले ३१, दिनेश कार्तिकले ३०, स्मिथले ३५ बाहेक अरु खेलाडीले दोहोरो अंक छुन नसकेपछि २० ओभरमा ६ विकेट गुमाउदै १३५रनमात्र जोड्न सकेको थियो। हैदराबादका लागि रशिदले ३, भुवनेश्वर कुमारले २ र आशिष नेहराले १ विकेट लिन सफल भए भने एक खेलाडि रन आउट भएका थिए।
१३६को लक्ष्य लिएर ब्याटिंग गर्न आएको हैदराबादले १५.३ ओभरमा १ विकेट गुमाउदै १४०रन प्रहार गरेपछि ९ विकेटको जित आत्मसात गरेको हो। हैदराबादका लागि डेभिड वार्नारले ७६ रन र तेस्रो नम्बरमा आएका हेनरीकेसले ५२ रन प्रहार गरेका थिए। गुजरातकालागि एकमात्र विकेट प्रविन कुमारले लिएका थिए। खेलको म्यान अफ द म्याच सनराइजर्स हैदराबादका रशिद खान घोषित भए।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]