9 years ago
April 14, 2017
धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा शुक्रबारको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले काठमाडौँ गोल्डेन्स सामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इनिङ्सको पहिलो बलमा सोमपाल कामीले हरिशंकर शाहलाई एलबिडब्लु धरापमा पार्दै पेभेलियन फर्काएपछि ब्याटिङमा आएका नुरध्वज शेनको बिष्फोटक ब्याटिङको मद्दतले रुपन्देहीले राम्रो सुरुवात गरेको हो। नुरध्वज ३ छक्का र ३ चौकाको मद्दतले २२ बलको सामना गर्दै ३७ रन बनाएर फर्किए। नुरध्वजसँग ४६ रनको साझेदारी बनाएका शंकर रानाले ३६ बलमा १६ रन बनाए ।
त्यस्तै नुरध्वजको स्थानमा आएका पुष्प थापाले पनि मध्यक्रममा रुपन्देहीको स्कोरमा महत्वपूर्ण योगदान दिए। सोमपाल कामीको बलमा कट बिहाइन्ड हुनु अघि पुष्पले ४ चौका र १ छक्काको मद्धतले ३३ बलमा ३६ रन बनाएका थिए । रुपन्देहीले प्रकाश केसीको १२ तथा बिक्रम सोबले १ चौका र १ छक्का प्राहर गर्दै १० रनको योगदान दिदै १३५ रनको योगफल तयार पार्यो।
बलिङतर्फ ४ ओभर गरेका सोमपालले १ मेडेन दिदै ४ विकेट लिए भने मन्जित श्रेष्ठ, कप्तान वसन्त रेग्मी र सन्तोष भट्टले १-१ विकेट लिए ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]