default_image

9 years ago

April 24, 2017

नरेशको निराशाजनक प्रदर्शन

158 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढीमा भर्खरै सम्पन्न धनगढी प्रिमीएर लिगको उपाधि टिम चौराहा धनगढीले जित्दा उसले एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई पराजित गरेको थियो। लिग चरणमा २ जित र ३ हार व्यहोरेको काठमाडौँका लागि निकै आशा गरिएका ब्याट्सम्यान नरेश बुढाएरले खराब प्रदर्शन गरे। निकै आशा गरिएका नरेशले राम्रो प्रदर्शन गर्न नसकेपछि काठमाडौँ एलिमिनेटरमै रोकिएको थियो।

काठमाडौँका लागि सबै ६ खेलमा ओपनरको भूमिका निभाएका उनले १०५ बलको सामना गर्दै ६१ रनमात्र जोड्न सके। एलिमिनेटरमा चौराहा विरुद्ध बनाएको २९ रननै उनको सर्वाधिक स्कोर रहेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा १९ बल खेल्दै ६ रन जोडेका नरेशले दोश्रो खेलमा कन्चनपुरविरुद्ध ९ बलमा १० रन जोडे। बिराटनगरविरुद्धको खेलमा शरद भेषावकरको बलमा बोल्ड आउट हुनुअघि उनले २२ बल खेल्दै १३ रन जोडेका थिए।

रुपन्देही विरुद्धको खेलमा शुन्यमै आउट भएका नरेशले समूह चरणको अन्तिम खेलमा ३ रन मात्र जोड्न सके। एलिमिनेटरमा २९ रन जोडेर टोलीलाई राम्रो सुरुवात दिएपनि जित दर्ता गर्न नसकेपछि काठमाडौँ गोल्डेन्सको डीपिएल यात्रा समाप्त भएको थियो।

डिपिएल अक्सनमा काठमाडौँ गोल्डेन्सले नरेशलाई अनुबन्धन गर्न ९५ हजार रुपैयाँ खर्च गरेको थियो। रुपन्देही च्यालेन्जर्सले लगाएको ८० हजारलाई ८५मा उछिनेको काठमाडौँले टिम चौराहाको ९० हजारको बोलीलाई पछि पार्दै नरेशलाई आफ्नो टोलीमा समावेश गरेको थियो। कप्तान वसन्त रेग्मी र सोमपाल कामी पछि नरेशनै काठमाडौँका महँगा खेलाडी थिए।

प्रतियोगिताको तथ्यांकलाई मध्यनजर गर्दै हाम्रो खेलकुदले मापन गरेको खेलाडीको प्रदर्शन हेर्ने हो भने, नरेशले जारि प्रतियोगितामा बनाएको ६१ रनले उनले निकै कमजोर प्रदर्शन गरेको जताउछ। उनले (रु ९५,०००/६१  रन) = रु. १५५७.३७७ प्रति रनको हिसाबमा रन बनाएका थिए। जुन प्रतियोगिताको औसत प्रति रन रु. ५३५.४२८६ भन्दा झन्डै तिन गुणा बढी हो। उनको तुलनामा काठमाडौँ गोल्डेन्सका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे।

अक्सनमा रु. ३५,०००मा बिकेका गोल्डेन्सका सुमित महर्जनले प्रतियोगिताभर ११९ रन जोडे। उनले प्रति रन रु. २९४.११को हिसाबमा रन बनाए जुन प्रतियोगिता औसतभन्दा धेरै राम्रो रहेको थियो।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.