8 years ago
August 6, 2017
पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि२०को खेलाडी किनबेच (अक्सन) सम्पन्न भएको छ। ६ टोलीको सहभागिता रहने प्रतियोगिता भदौको पहिलो साताबाट पोखरामा हुँदैछ।
आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरेर १ सय ४५ खेलाडी मध्य ८४ खेलाडीलाई टोलीहरुले खरिद गरेका थिए। गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरु मात्र सहभागी हुने यस प्रतियोगितामा ६ टोलीको कप्तानहरुको निर्धारण यसअघिनै भएको थियो। अक्सनमा डाउनटाउन लायन्स पोखराले सुदिप पौडेललाई सर्वाधिक १० हजार रुपैंयामा खरिद गरेको छ। न्युनतम रकम १ हजार तोकिएको अक्सनमा सबै टोलीले १४ खेलाडीलाई टोलीमा समेटेका छन्।
लिगमा आयोजक माछापुच्छ्रे लायन्स, भीएम वारिअर्स, डाउन टाउन लायन्स पोखरा, इन्फरम्याटिक्स कलेज चिता, पर्वत टाइटन्स र केकेएएफ स्याङ्गजा च्यालेन्जर्सको सहभागिता रहने छ। नेपालको लागि उमेर समूहका प्रतियोगिता खेलिसकेका दिपेश खत्रीले माछापुच्छ्रे लायन्सको कप्तानी सम्हालेका छन् भने विजय विकेले भीएम वारियर्सको नेतृत्व गर्नेछन्। यसैगरी डाउन टाउन लायन्स पोखराको कप्तानमा राजु गुरुङ र इन्फरम्याटिक्स कलेजको कप्तान प्रबिन ढकाल रहेका छन्। पर्वत टाइटन्सका लागि राजु थापा र केकेएएफ स्याङ्गजा च्यालेन्जर्सको कपतानमा दिवाकर थापाले कप्तानी गर्नेछन्।
प्रतियोगितामा सहभागी हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिने छन् । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ।
लिगको विजेताले ३ लाख पुरस्कार पाउने छन् भने उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्दा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले १०–१० हजार पाउने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार र फाइनलमा म्यान अफ दि म्याच हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने छन्।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]