default_image

8 years ago

September 24, 2017

इपिएलमा दर्ता भोलिबाट सुरु हुने, आइएमई सह–प्रायोजक

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनका लागि दर्ता भोलिबाट सुरु हुने भएको छ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडीको अक्सनको लागि दर्ता भोलीबाट असोज असोज २३ गतेसम्म खुल्ला रहने जानकारी दिएको छ ।

सह प्रायोजना सम्झौता कार्यक्रममा इपिएलका प्रबन्ध निर्देशक अमिर अख्त र आइएमइका ड्यानियल श्रेष्ठ (दायाँ) ।

खेलाडीले www.eplt20.com मा गएर नाम दर्ता गराउन सक्नेछ । खेलाडी दर्ताको लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । मार्की खेलाडीहरुले भने नाम दर्ता गर्नु नपर्ने आयोजकका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए । नाम दर्ता गरिएका खेलाडीहरु ७० खेलाडीलाई अक्सनमा राखिने आयोजकले जनाएको छ ।

अक्सनको लागि तीन श्रेणीमा छुट्याइएको छ । श्रेणी ‘ए’ मा नेपाली राष्ट्रिय टिमका खेलाडीहरु, तीन वर्षसम्म राष्ट्रिय टिममा रहेका खेलाडी समावेश गरिएको छ । एक टिमले कम्तीमा ३ देखि बढीमा ५ खेलाडीलाई टिममा समावेश गर्न पाउनेछ । श्रेणी ‘ए’ को खेलाडीको न्युनतम मुल्य १ लाख र बढीमा १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै श्रेणी ‘बी’ मा यू–१६ र यू–१९ का खेलाडीहरु समावेश गरिएके छ । यस्तै कम्तीमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु श्रेणी ‘बी’ मा समावेश गरिएको छ । यस श्रेणीका खेलाडीका लागि न्युनतम मुल्य ७५ हजार तथा अधिकतम मुल्य ७५ हजार रुपैयाँ तोकिएको छ । एक टिमले श्रेणी ‘बी’ बाट कम्तीमा ४ खेलाडी राख्न पाउनेछ ।

यस्तै श्रेणी ‘सी’ मा पाँच वर्षअघिबाट घरेलु प्रतियोगितामा सिनियर प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहेका खेलाडीहरु रहेका छन् । यो श्रेणीका खेलाडीको न्युनतम मुल्य ५० हजार र अधिकतम मुल्य ७५ हजार रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय खेलाडीको सम्बन्धमा भने दोस्रो चरणमा समावेश गरिने आयोजकले जनाएको छ ।

आइएमइ इपिएलको सह प्रायोजक

यसैबीच आइएमई ग्रुपले इपिएल टि ट्वान्टी प्रतियोगितालाई सह–प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्झौतामा इपिएलका एमडी आमिर अख्तर र आइएमईंका ड्यानियल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता दुई वर्ष सम्म रहेको छ ।

सम्झौता अनुसार आईएमईंले इपिएल खेलाडी दर्ताको प्रक्रिया, आईएमईं पे र इपिएल क्रिकेटको टिकटमा सहकार्य गर्नेछ । सम्झौतापछि आईएमईंका ड्यानियल श्रेष्ठले इपिएल जस्तो ठुलो क्रिकेट प्रतियोगितासँग जोडिन पाउनु आइएमईं ग्रुपको लागि खुशीको कुरा रहेको बताए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.