default_image

7 years ago

October 23, 2017

इपिएलको अक्सनमा ६० खेलाडी विक्री , चार खेलाडी सबैभन्दा महंगा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, आरिफ शेख, करण केसी र विनोद भण्डारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सबै भन्दा महंगा खेलाडी बनेका छन् । सञ्चारमाध्यमलाई निषेध गरिएको एपिएफको आजको अक्सनमा यी चार खेलाडी अधिकतम मुल्यमा बिक्री भएको बताइएको छ । अक्सनको ए श्रेणीमा रहेका सन्दिप,विनोद,करण र आरिफ अलग अलग टोलीमा १ लाख […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, आरिफ शेख, करण केसी र विनोद भण्डारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सबै भन्दा महंगा खेलाडी बनेका छन् । सञ्चारमाध्यमलाई निषेध गरिएको एपिएफको आजको अक्सनमा यी चार खेलाडी अधिकतम मुल्यमा बिक्री भएको बताइएको छ ।

अक्सनको ए श्रेणीमा रहेका सन्दिप,विनोद,करण र आरिफ अलग अलग टोलीमा १ लाख ७५ हजारमा बिक्रि भएका हुन् । क्षमतावान खेलाडी भएको कारण सन्दीप र आरिफलाई एक दिनअघि मात्र ए श्रेणीमा समावेश गरिएको आयोजक इपिएलले जनाएको थियो ।

अक्सनमा ए श्रेणीका खेलाडीको अधिकतम मूल्य १ लाख ७५ हजार राखिएको थियो । हरेक टोलीका मार्की खेलाडी बाहेक यी चार खेलाडी यो सिजन इपिएलको महंगा खेलाडी बनेका छन् । श्रेणीका लागि ३ बर्षबाट राष्ट्रिय टोलीबाट खेल्दै गरेको हुनु पर्ने मापदण्ड तोकिएको थियो । अक्सनमा युवा स्पिनर सन्दिपलाई ललितपुर प्याट्रीयट्सले अधिकतम मुल्यमा किनेको थियो ।

करण विराटनगर वारिवर्समा विक्रि भए । विकेट किपर ब्याट्सम्यान विनोदलाई पोखरा राइनोजले किनेको छ । त्यस्तै आरिफलाई भैरहवा ग्लाडीयटर्समा परेका छन् ।राजधानीमा आज भएको अक्सनमा सहभागी ६ टोलीका मालिक, मार्की खेलाडी र प्रशिक्षक सामेल थिए । १० खेलाडीका लागिा अधिकत्म १० लाख रुपैयाँ सम्म खर्च गर्न सक्ने सिलिङ तोकिएको थियो ।

इपिएलका प्राविधिक प्रमुख विनोद दासले सबै टोलीले योजनाबद्ध रुपमा अक्सनमा भाग लिएको र आफ्नो टोलीलाई सकेसम्म सन्तुलित बनाउन प्रयास गरेको अनुभव सुनाए । उनले भने,‘सबै टोली आ आफ्नो योजनासहित आउनु भएको थियो । बजेट र खेलाडीको सन्तुलन मिलाएको देखियो । ’ पहिलो प्रयोग भएकोले सञ्चारमाध्यम विना अक्सन गरिएको इपिएलका प्रमुख अमिर अख्तरले बताए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा डिसेम्बरमा हुने इपिएलमा काठमाडौं किङ्गस, ललितपुर प्याट्रीयट्स, विराटनगर वारियर्स , भैरहवा ग्लाडीयटर्स , चितवन टाइगर्स र पोखरा राइनोज गरि ६ शहरको सहभागिता रहनेछ ।

इपिएलमा सहभागी ६ टोलीका मार्की खेलाडीका रुपमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकार, तिब्र गतिका बलर सोमपाल कामी र बायाँ हाते स्पिनर शक्ति गौचन र यू १९ क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

मार्की खेलाडीको पारिश्रमिक न्यूनत्तम २ लाख रुपैयाँ तोकिएको छ । सोमपाल मार्की रहेको टिम काठमाडौंको मालिक रोहित गुप्ता हुन् । त्यस्तै किशोर महर्जन मालिक रहेको ललितपुरको मार्की खेलाडी ज्ञानेन्द्र छन् । पारस मार्की रहेको विराटनगर विशाल अग्रवालको स्वामित्वमा रहेको छ ।

शदर भैरहवाका मार्की खेलाडी हुन् भने त्यसको मालिक आदित्य संघाई हुन् । शाहील अग्रवाल मालिक रहेको पोखराका माक्र्यु खेलाडी शक्ति गौचन हुन् । दिपेन्द्र मार्की रहेको चितवनको मालिक किशोर भट्टराई हुन् ।

२१ लाख रुपैयाँ पुरस्कार रहेको इपिएल राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् भने पहिलो प्लेअफको विजेता सोझै फाइनल पुग्नेछ । पहिलो प्ले अफमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीको विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्नेछ ।
अक्सनमा रहेका ९० मध्ये ६० खेलाडीलाई एपिएलका सहभागी ६ टोलीले खरिद गरेका छन् । अक्सनका लागि १ सय ६० खेलाडीले नाम दर्ता गराएका बताइएको थियो । इपिएलले असोज ९ देखि २३ गते खेलाडी दर्ताको अव्हान गरेको थियो ।

दर्ता गराउने मध्ये झन्डै सय खेलाडीले नेपाली राष्ट्रिय टोलीको कुनै न कुनै समूहमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेको बताइएको छ । हरेक टोलीले ३ विदेशी खेलाडी राख्न पाउनेछन् ।

कुन खेलाडीलाई कसले किन्यो

पोखरा राइनोज -विनोद भण्डारी, सुनिल धमला, राजेश पुलामी मगर, सौरभ खनाल, सुसन भारी, विक्रम सोब,किशोर महतो, बिपिन खत्री, नुरधोज सेन र सन्तोष भट्ट

चितवन टाइगर्स –  सुबास खकुरेल, पृथु बास्कोटा, साहब आलम, सन्दिप सुनार, दिलिप नाथ, ललित नारायण भण्डारी, सुनम गौतम, योगेन्द्र कार्की, कमल सिंह ऐरी र भिम सार्की

भैरहवा ग्लाडीयटर्स – आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, प्रकाश केसी, दिपेश श्रेष्ठ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, भुपेन्द्र थापा, हरिशंकर साह र अभिनाश बोहोरा

काठमाडौं किंग्स – नरेश बुढाएर, सागर पुन, राजु रिजाल, जितेन्द्र मुखिया,अमित श्रेष्ठ, सुशील कंडेल, पुरन बिके, विक्रम भुसाल, सिद्धान्त लोहनी र अमर सिंह राउटेला

ललितपुर प्याट्रीयट्स- महबुब आलम, सन्दिप लामिछाने, सोनु तामाङ, ललित राजबंशी, कुशल भुर्तेल, शंकर राना, राजबिर सिंह, पवन शर्राफ, रशिद खान र सन्दिप जोरा

विराटनगर वारियर्स- करण केसी, वसन्त रेग्मी, आसिफ शेख, अभिनाश कर्ण, प्रनित थापा मगर, पुष्प थापा, अनिल कुमार साह, आकाश विष्ट, राम नरेश गिरि र सुमित महर्जन

 

 

यस्तो थियो खेलाडीको मापदण्ड

अक्सनको लागि तीन श्रेणीमा छुट्याइएको थियो । श्रेणी ‘ए’ मा नेपाली राष्ट्रिय टिमका खेलाडीहरु, तीन वर्षसम्म राष्ट्रिय टिममा रहेका खेलाडी समावेश गरिएको छ । एक टिमले कम्तीमा ३ देखि बढीमा ५ खेलाडीलाई टिममा समावेश गर्न पाउनेछ । श्रेणी ‘ए’ को खेलाडीको न्युनतम मुल्य १ लाख र बढीमा १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै श्रेणी ‘बी’ मा यू–१६ र यू–१९ का खेलाडीहरु समावेश गरिएके छ । यस्तै कम्तीमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु श्रेणी ‘बी’ मा समावेश गरिएको छ । यस श्रेणीका खेलाडीका लागि न्युनतम मुल्य ७५ हजार तथा अधिकतम मुल्य ७५ हजार रुपैयाँ तोकिएको छ । एक टिमले श्रेणी ‘बी’ बाट कम्तीमा ४ खेलाडी राख्न पाउनेछ ।

यस्तै श्रेणी ‘सी’ मा पाँच वर्षअघिबाट घरेलु प्रतियोगितामा सिनियर प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहेका खेलाडीहरु रहेका छन् । यो श्रेणीका खेलाडीको न्युनतम मुल्य ५० हजार र अधिकतम मुल्य ७५ हजार रुपैयाँ तोकिएको छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.