8 years ago
January 24, 2018
काठमाडौं (हाम्रोखेलकुद)- दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)–२ को रणनीतिक खेलाडी, टिम र मालिक घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आगामी चैत १९ गतेबाट अर्काे वर्षको वैशाख १ गतेसम्म हुने प्रतियोगिताको रणनीतिक खेलाडी, टिम र मालिकको सोमबार घोषणा गरेको हो ।
पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी रहेका छन् । डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी रहेका छन् । सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्का रहेका छन् । रणनीतिक खेलाडीहरुको मुल्य कम्तीमा दुई लाख भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । यसपटक प्रतियोगितामा महेन्द्रनगर युनाइटेड नयाँ टोलीको रुपमा रहेको छ । प्रतियोगितामा अन्य पाँच टोल भने यथावत रहेको आयोजकले जनाएको छ । महेन्द्रनगर युनाइटेड कञ्चनपुर आइकोनिकको स्थानमा आएको हो ।
डिपिएलको अक्सन फागुन ९ गते हुनेछ । प्रत्येक टिमले अक्सनबाट १२ खेलाडीका लागि ११ लाख खर्च गर्न पाउनेछन् । यस्तै प्रत्येक क्लबले २ जना विदेशी खेलाडी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य राख्नुपर्ने आयोजकले मापदण्ड तोकेको छ ।
अक्सनका लागि खेलाडीहरुलाई चार विधामा राखिएको छ । ‘ए’ वर्गका खेलाडीको न्युनतम मुल्य १ लाख र अधिकतम मुल्य १ लाख ५० हजार राखिएको छ । ‘बी’ वर्गका खेलाडीहरुको न्युनतम मुल्य ५० हजारदेखि अधिकतम मुल्य १ लाख तोकिएकोृ छ । ‘सी’ वर्गका खेलाडीको न्युनतम मुल्य २५ हजारदेखि ७५ हजार र ‘डी’ वर्गका खेलाडीको मुल्य २० हजारदेखि ४० हजारसम्म राखिएको छ ।
दोस्रो संस्करणको डिपिएलको विजेताले २५ लाख नगद पाउनेछन् । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्नेछन् । गतवर्षको विजेता टिम चौराहा धनगढीले १५ लाख र उपविजेता विराटनगर किंग्सले ७ लाख प्राप्त गरेका थिए । प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् ।
टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।
डिपिएल–२ का टिम मालिकहरु
१. काठमाडौं गोल्डेन्सः रमेश सिलवाल, एमडी, गोल्डेनगेट एजुकेशन नेटवर्क
२.सिवाइसी अत्तरियाः नर बहादुर राई, अध्यक्ष श्रृजनशील युवा क्लब
३. महेन्द्रनगर युनाइटेडः सुशिल कुमार श्रेष्ठ
४. टिम चौराह धनगढीः राजकुमार श्रेष्ठ, एमडी एसटिएस केवल नेटवर्क
५. रुपन्देही च्यालेन्जर्सः सुरज उप्रेती, एमडी एसआर ग्रुप
६ विराटनगर किङ्सः पारस लुनिया , एमडी महालक्ष्मी केवल
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]