8 years ago
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुँदै छन् । सन्दीप अक्सनमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् । अक्सन स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ ।
भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । तर अक्सनमार्फत कुनै टोलीले खरिद गरेका खेलाडीले मात्र यसमा सहभागिता जनाउने मौका पाउँछन् । प्रत्यक टोलीले कम्तिमा १८ र बढीमा २५ खेलाडी अक्सनमार्फत किन्न पाउने प्रावधान रहेको छ । प्रत्येक टोलीमा अधिकतम ८ विदेशी खेलाडी राख्न पाइन्छ भने एक पटकमा ४ खेलाडीले मात्र खेल्न पाउँछन् ।
अक्सनमा सहभागी हुन आईपीएलले ५ सय ७८ खेलाडीको अन्तिम नामावाली सार्वजनिक गरेको छ । त्यसमा ३ सय ६० भारतीय तथा २ सय १८ विदेशी खेलाडी रहेका छन् । सबै टोलीलाई अक्सनमा खर्च गर्न ८० करोड भारु तोकिएको छ । केही टोलीले भने प्रतियोगिताको नियमअनुसार पुराना खेलाडी राख्ने प्रक्रिया (रिटेन्सन) को उपयोग गरेकाले केही सिमित बजेट खर्चिन पाउने छैनन् ।

नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलको अक्सनमा पर्ने पहिलो खेलाडी हुन् । सन्दिपको न्युनतम सुरुआती मूल्य २० लाख भारु राखिएको छ । आईपीएलको अक्सनको जानकारी यसप्रकारको रहेको छ :
अक्सन हुने मिति : २७ र २८ जनवरी २०१८
अक्सन हुने स्थान : रिट्ज कार्ल्टन, बेंग्लोर
अक्सन समय : बिहान ९ बजेदेखि
प्रत्यक्ष प्रसारण : स्टार स्पोर्ट्स र हटस्टार एप
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]