default_image

8 years ago

January 31, 2018

ज्ञानेन्द्र र सन्दिप चम्किए, युएई १ सय ९३ रनले पराजित

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा युएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट हुन पुगेको थियो । युएईलाई सस्तैमा रोक्न हालै आइपिएल टोली दिल्ली डेरडेभिल्समा आबद्ध लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र शक्ति गौचनले पनि एकएक विकेट लिएका थिए भने पारस खड्काले २ विकेट लिए ।

युएईका लागि मोहम्मद कसिमले सर्वाधिक ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने राम्रो योग्दान दिन सकेनन् । कसिम सन्दिपकै बलमा एलबिडब्लुको शिकार भएका थिए ।

यसअघि पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपालका लागि ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय ३१ बलमा १ सय ५४ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले पहिलो विकेटका लागि दिलिप नाथसँग मिलेर १ सय ४२ रनको साझेदारी बनाएका थिए ।

दिलिप ६४ रनमा पभेलियन फर्केका थिए । त्यस्तै अनिल साहले १४ रन र दिपेन्द ऐरीले ३४ रन बनाउँदै आउट भएका थिए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले पनि ज्ञानेन्द्रको राम्रो साथ दिएका थिए । उनले ४१ रन जोड्दै चौथो विकेटका लागि ८१ रनको साझेदारी बनाएका थिए । आरिफ अवजित रहेका थिए भने करन केसी ५ रनमा अन्तिम बलमा आउट भए ।

हिजोको पहिलो अभ्यास खेलमा नेपाल २५ रनले विजयी भएको थियो । नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि शुक्रबार खेल्ने छ ।

तस्बिर: रमन सिवाकोटी, टेक्निकल एनलिष्ट नेपाल क्रिकेट टिम

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.