default_image

8 years ago

February 4, 2018

दोस्रो एक दिवसीयमा पनि भारत विजयी

119 views

0 Bookmark

सेन्चुरियन (एजेन्सी) – भारत विरुद्ध दक्षिण अफ्रिकाले दोस्रो एक दिवसीय ९ विकेटले जितेको छ । यस जितसँगै भारतले ६ खेलको सिरिजमा २-० को अग्रता लिएको छ ।

पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका ३२.२ ओभरमै १ सय १८ रनमा अलआउट भएको हो । घरेलु टोलीको लागि जेपी डुमिनी र खाया जोन्डोले सर्वाधिक २५-२५ रन जोडे । त्यस्तै हासिम अम्लाले २३, क्विन्टन डे ककले २० र क्रिस मोरिसले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि स्पिनर युज्भेन्द्र चहलले ५ विकेट लिएका थिए । त्यस्तै कुल्दिप यादवले ३ विकेट लिए भने भुवनेश्वर कुमार र जस्प्रित बुम्राहले एकएक विकेट लिए ।

जवाफमा भारतले १ सय १९ रनको लक्ष्य २०.३ ओभरमै पुरा गर्‍यो । भारतका लागि शिखर धवनले अवजित ५१ रन बनाए भने कप्तान विराट कोहली पनि ४६ रनमा अवजित रहे । भारतले रोहित शर्माको रुपमा एक मात्र विकेट गुमाएको थियो । उनी कागिसो राबाडाको बलमा १५ रनमा आउट भएका थिए ।

भारतले पहिलो खेल ६ विकेटले जितेको थियो । भारत र दक्षिण अफ्रिकाको तेस्रो खेल ७ फेब्रुअरीमा खेलिने छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.