8 years ago
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटको यात्राका रुपमा रहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता बिहिबार नामिबियामा सुरु हुँदैछ । पहिलो खेलमा बिहीबार आयोजक नामबियासँग खेल्दै नेपालले प्रतियोगिताको यात्रा प्रारम्भ गर्नेछ । अफ्फिज पार्क मैदानमा खेल नेपाली समयअनुसार दिउँसो १ बजेपछि सुरु हुनेछ ।
डिभिजन–२ कै लागि नेपालले एक साता युएईंमा प्रशिक्षणसहित ३ अभ्यास खेल खेलेको थियो । जसमध्ये नेपालले २ खेलमा जित हात पारेको थियो । युवा खेलाडी सम्मिलित नेपाली टोली बिहिबार उच्च मनोबलका साथ मैदान उत्रने बताइएको छ । नेपालको एउटै लक्ष्य छ डिभिजन–२ को शीर्ष दुई भित्र पर्नु रहेको छ ।
डिभिजन–२ को शीर्ष दुईभित्र पर्न सके त्यसले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्न सक्दछ । त्यस्तो हुन नसके नेपालले लामो समय विभिन्न ठुला प्रतियोगिताबाट बञ्चित हुनुपर्नेछ । नेपाल र नामिबिया विश्व क्रिकेट लिग डिभिजन–१ बाट घटुवा हुदै डिभिजन–२ मा पुगेका थिए ।
नेपाल र नामिबिया तीन वर्षमा चौथोपटक आमने–सामने हुन लागेको हुन् । यसअघिका तीन खेलमा जित निकालेको नेपाल नामिबियालाई चौथो खेलमा पनि पराजित गर्ने लक्ष्यमा हुनेछ । नेपालले नामिबियालाई सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ को खेलमा ३ विकेटले हराएको थियो । पहिले ब्याटिङ गरेको नामिबिया १ सय ४२ रनमा अलआउट भएको थियो । कप्तान पारस खड्काले ६४ रन जोडेपछि नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो ।
२०१६ अप्रिलमा विश्व क्रिकेट लिग डिभिजन–१ को दुवै खलमा नेपाल विजयी भएको थियो । पहिलो खेलमा ५ विकेटले हराएको नेपालले अर्को खेलमा ३ विकेटको जित हासिल गरेको थियो । दोस्रो खेलमा कप्तान पारसले १ सय ३ रनको शतकीय इनिङ्स खेलेका थिए ।
तयारीका लागि युएई जानुअघि पारसले कन्डिसन हेरेर खेल्दै जितका लागि खेल्ने बताएका थिए । नामिवियाको पिच नेपालका लागि कठिन हुन सक्छ । तर, नेपालले नाविवियामा सुहाउदो पिचमा अभ्यास समेत गरेको छ । अर्को तिर नामिबियाले डिभिजन–२ का लागि दक्षिण अफ्रिकामा तयारी गरेको थियो । नामिबिया घरेलु भूमिको फाइदा उठाउने र यसअघि भएको पराजयको बदला लिने रणनीतिमा मैदान उत्रने छ ।
बिहिबार नै केन्या र युएईंबीच प्रतिस्पर्धा हुनेछ । डिभिजन–२ मा आयोजक नामिवियासँगै, नेपाल, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् । क्यानडा र ओमान डिभिजन–३ बाट बढुवा भएर आएको टोली हो । डिभिजन–२ को शीर्ष दुई टोलीले २०१९ मा हुने एक दिवसीय विश्वकपको छनोट खेल खेल्न पाउनेछन् ।
नेपाली टोली – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]