8 years ago
March 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व कप छनोटमा अभ्यासरत नेपाल क्रिकेट टोलीको हङकङ विरुद्धको दोस्रो अभ्यास खेल वर्षा तथा चिसो मैदानका कारण रद्द भएको छ ।
नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ । डिभिजन-२ मा उपविजेता रहँदै नेपाल विश्वकप छनोटको समूह ‘बि’ मा परेको हो ।
समूह ‘बि’ मा नेपालले अफगानिस्तान, जिम्बावे, हङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । विश्वकप छनोटमा रहेका १० टोली मध्ये शीर्ष दुई टोली विश्वकप छनोटमा प्रवेश गर्ने छन् । डिभिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई नेपालले यथावत राख्दै ललित नारायण राजवंशीको रुपमा एक खेलाडी थप पनि गरेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]