8 years ago
March 2, 2018
विविध सुवेदी
काठमाडौं – नेपालले हालै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित पारेको थियो । डिभिजन-२ मा नेपालका लागि नायक रहे युवा स्पिनर सन्दिप लामिछाने । सन्दिप प्रतियोगिताभरी सर्वाधिक १७ विकेट लिँदै म्यान अफ द टोर्नामेन्ट पनि घोषित भएका थिए ।
सन्दिपलाई नेपालका कप्तान पारस खड्काले महत्त्वपूर्ण हतियार स्वरुप प्रयोग गरेका थिए र सो योजना नेपालका लागि सफल पनि सावित भएको देखियो । डिभिजन-२ मा सन्दिपको बलिङमा विशेषता उनको आत्म विश्वास देखियो । १७ वर्ष उमेरका सन्दिपले आफ्नो उमेरभन्दा निकै परिपक्व प्रदर्शन गरे ।
डिभिजन-२ प्रतियोगिता सुरु हुन अघि सन्दिपलाई दिल्ली डेयरडेभिल्सले आबद्ध गर्दै आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनाए । त्यो नेपाली क्रिकेट र सन्दिप आफैँका लागि एक ऐतिहासिक क्षण थियो । दिल्ली डेयरडेभिल्सको निर्णय तथा अवसरलाई सन्दिपले आफ्नो प्रदर्शनबाट न्याय दिनु थियो । प्रतियोगितामा उनको लगातार उत्कृष्ट प्रदर्शन र उत्कृष्ट खेलाडीको ट्रफीले उनले त्यो सिद्ध गरे । एक किसिमले आइपिएल जस्तो मञ्च पाउनु सन्दिपको लागि निकै ठूलो प्रोत्साहिन थियो जुन उनको प्रदर्शनमा पनि झल्कियो ।
अब मार्च ४ देखि नेपालसामु अर्को खुड्किलो छ । नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ र यस प्रतियोगितामा पनि टोलीको महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित भईसकेका सन्दिपको प्रदर्शन नेपालको लागि निर्णायक सावित हुन सक्छ । प्रतियोगिता सुरु हुनु ३ दिन अघि उनले थप प्रत्साहन प्राप्त गरेका छन् । उनलाई क्यारेबियन प्रिमियर लिग (सीपिएल) खेल्न सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सले आबद्ध गरेको छ ।
उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्समा विश्वका केही मानिएका हस्तीहरुसँग खेल्ने छन् । प्याट्रिएट्सको नेतृत्व विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका लागि चिनिने क्रिस गेलले गर्ने छन् । त्यस्तै २०१६ टि-२० विश्वकप फाइनल खेलको फाइनल ओभरमा ४ छक्का प्रहार गर्दै क्रिकेट प्रशंसकहरुलाई आश्चर्यचकित पारेका कार्लोस ब्रेथवेट पनि प्याट्रियट्सबाट खेल्दै छन् । अष्ट्रेलियाका बेन कटिङ र नेदरल्यान्ड्सका टम कुपरको विश्व क्रिकेटमा अनुभव पनि प्याट्रियट्सलाई फाइदाजनक हुने देखिन्छ ।
यसरी सन्दिप विश्वकप छनोटजस्तो महत्त्वपूर्ण प्रतियोगिता अगाडी सीपिएलमा जोडिनाले उनको मनोबल पनि पक्कै उच्च भएको छ । त्यसमाथि अहिले विश्व किकेटले नै सन्दिपमाथि आफ्नो नजर राख्दा उनलाई आफ्नो व्यक्तिगत प्रदर्शनले टोलीलाई सफलता दिलाउदै आफ्नो नाम अझै स्थापित गर्ने ठूलो मौका रहनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]