8 years ago
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट राष्ट्र जिम्बावेसँग खेल्दै छ । जिम्बावेको बुलावायोमा खेलिने सो खेल नेपाली समयअनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । जिम्बावेले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालका लागि आज स्पिनर ललित नारायण राजवंशीले डेब्यु गर्दै छन् । आज ललितले नेपालको सुरुवाती ११ मा करण केसीको स्थान लिएका छन् ।
नेपालले हालै सम्पन्न डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा स्थान सुरक्षित बनाएको हो । नेपाल विश्वकप छनोटको समूह ‘बि’मा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङको सामना गर्ने छ । पहिलो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेको सामना गर्दै छ ।
जिम्बावेले सन् १९९२ मा टेष्ट राष्ट्रको मान्यता पाएको थियो । जिम्बावेले १९८३ देखि २०१५ को अघिल्लो विश्वकपसम्म निरन्तर सहभागिता जनाएको छ । जिम्बावे एक दिवसीय वरियतामा एघारौं स्थानमा रहँदै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।
जिम्बावेको टोली अनुभवी रहेको छ र उसलाई घरेलु मैदानको फाइदा पनि हुने छ । तर, केहि समययता जिम्बावेलाई स्पिन बलिङ खेल्न समस्या देखिएकाले नेपालले त्यसलाई आफ्नो फाइदाको रुपमा लिन सक्छ ।
नेपालको सुरुवाती ११: ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, पारस खड्का, दिपेन्द्र ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहित पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, ललित राजवंशी, सन्दिप लामिछाने
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]