8 years ago
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा जारी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपाल र जिम्बावे भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ रन ८० रन बनाएको छ । जिम्बावेका लागि मिडलअर्डर ब्याट्सम्यानद्वय बेन्डन टेलर र शिकन्दर राजा दुवैले शतकीय पारी खेले ।
जिम्बावेका दुवै ओपनरले निकै विष्फोटक सुरुवात गरेका थिए । जिम्बावेको एक समय ७ ओभरमा विना क्षति ७७ रन थियो । तर बलिङ गर्न आएको पहिलो बलमै सन्दिप लामिछानेले सेफास झुवाओलाई आउट गर्दै नेपाललाई केही राहत दिलाए । झुवाओले २३ बलमा ४१ रन जोडे भने अर्का ओपनर सोलोमन मिरेले ४१ बलमा ५२ रन जोडे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ह्यामिल्टन मासाकाड्जाले १७ रन बनाएका थिए भने क्रेग एर्भिनले ३४ रनको पारी खेले । एर्भिनलाई आज डेब्यु गरिरहेका ललित राजवंशीले आउट गरे ।
३१ औं ओभरमा २०० रन हुँदा जिम्बावेको चौथो विकेट झर्दा नेपालले खेलमा पुनरागमन गर्ने संकेत दिएको थियो । तर अनुभवी ब्याट्सम्यान ब्रेन्डन केलर र उच्च लयमा रहेका सिकन्दर राजाको बलियो साझेदारीमा जिम्बावेले नेपाललाई विशाल लक्ष्य दिन सफल भयो । राजाले ६६ बलमा ९ छक्का प्रहार गर्दै १ सय २३ रन बनाए भने टेलरले ९१ बलमा १०० रनको योग्दान दिए । राजा र टेलरलाई ४९ औं ओभरमा सोमपाल कामीले लगातार आउट गरेका थिए ।
नेपालका बलरहरु आज निकै खर्चिलो सावित भए । नेपालका लागि वसन्त रेग्मी र सोमपालले दुई विकेट लिए भने सन्दिप लामिछाने र ललित राजवंशीले एकएक विकेट हात पारे । नेपाल अब केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]