8 years ago
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्ने छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्यो भने दोस्रो खेलमा हङकङमाथि जित दर्ता गर्न सफल रह्यो । यसअघि नेपालले स्कटल्यान्डको तीन पटक सामना गर्दा तीनै पटक पराजय भोग्नु परेकोले आज नेपाली टोली स्कटल्यान्ड विरुद्ध तथा प्रतियोगितामा पहिलो जित दर्ता गर्ने दाउमा रहनेछ ।
अर्को तर्फ तेस्रो लगातार जित हांसिल गर्दै स्कटल्यान्डले विश्वकप प्रवेशमा आफ्नो दाबेदारी बलियो बनाउन खोज्ने छ । स्कटल्यान्डका लागि टप अर्डर ब्याट्सम्यान क्यालम मिक्लोयड अहिले लयमा छन् । अफगानिस्तानविरुद्धको पहिलो खेलमा उनले १ सय ५७ रनको शानदार पारी खेलका थिए । त्यस्तै ओपनर तथा कप्तान कायल कोट्जरले हङकङ विरुद्धको दोस्रो खेलमा ४१ रनको समझदारीपूर्ण पारी खेल्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । नेपाललाई जितको आशाका लागि कोट्जर र मिक्लोयडलाई क्रिजमा जम्न दिनु हुँदैन ।
जोम्बावेविरुद्ध करण केसीको स्थानमा पहिलो खेल खेलेका ललित नारायण राजवंशीले आफ्नो स्थान सुरक्षित गर्ने देखिएको छ । जिम्बावेविरुद्ध ब्याटिङ पनि सन्तोषजनक देखिएकाले फेरबदलको सम्भावना निकै कम छ । त्यस्तै सामान्यतया कसिलो रहने नेपाली बलिङ पहिलो खेलमा निकै महँगो सावित भएको थियो । नेपाली बलरहरुले आज आफ्नो पुरानै लय समात्न आवश्यक छ । खेल आज दिउसो १.१५ बजे सुरु हुने छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]