default_image

8 years ago

March 8, 2018

नेपालद्वारा स्कटल्यान्डलाई १ सय ५० रनको लक्ष्य

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको छ ।

तस्बिर: रमन सिवाकोटी

नेपालको ब्याटिङ आज निकै फितलो देखियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्का मात्र क्रिजमा टिक्न सके । ७५ बलमा ९ चौकाको मद्दतले पारसले ६३ रन जोडे । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथ तेस्रो ओभरभित्रै पभेलियन फर्केका थिए । ज्ञानेन्द्रले १ रन बनाए भने दिलिपले ४ रन जोडेका थिए । त्यस्तै दिपेन्द्र ऐरी १ रन, शरद भेषावकर शुन्य र आरिफ शेख २ रन बनाएर आउट भए ।

सोमपाल कामीले १८ रन, सन्दिप लामिछानेले ६ रन र रोहित पौडेलले १५ रन जोड्दै नेपालको पारीलाई केही राहत दिएका थिए । अन्त्यमा वसन्त रेग्मीले महत्त्वपूर्ण २२ रन जोड्दै स्कटल्यान्डलाई १ सय ५० को लक्ष्य दिन सहयोग दिए । स्कटल्यान्डका लागि स्टुवर्ट विटिङह्यामले ३ विकेट लिएका थिए । स्कटल्यान्ड अब केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.