8 years ago
March 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – डिएभी कलेज र न्यु समिट कलेजले आजबाट शुरु भएको दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा डिएभीले त्रिभुवन विश्व विद्यालयको ‘बी’ टिमलाई ५४ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । डिएभीले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको त्रिभुवन विश्व विद्यालयको ‘बी’ टिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १२ रनमात्र बनाउन सक्यो । त्रिभुवन विश्व विद्यालयको ‘बी’ टिमका बीरेन्द्र सिंह कार्कीले नटआउट २८ रन बनाएपनि टिमलाई जिताउन सकेन । महेश खत्री २६ रनमा आउट भए । डिएभीका सञ्जय बस्नेतले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डिएभीले ५ विकेट गुमाएर १ सय ६६ रनको मध्यम योगफल तयार पारेको थियो । डिएभीका लागि आदिल खानले सर्वाधिक ८० रन बनाए । सुधिर चौधरी २९ तथा गौरव खड्का २४ रनमा नटआउट रहे । विश्व विद्यालयका दीपेन्द्र बहादुर चन्दले तीन विकेट लिए । डिएभीका आदिल खान खेलको म्यान अफ दि म्याच घोषित भए ।
शुक्रबारै भएको अर्काे खेलमा न्यु समिटले वन कलेजलाई ६ विकेटले पराजित गर्यो । वन कलेजले दिएको ८७ रनको झिनो लक्ष्य न्यु समिटले ४ विकेट गुमाएर पुरा गर्यो । न्यु समिटका शुभम अग्रवालले ३० तथा मिलन क्षेत्रीले २० रनको योगदान दिए । करन शाह १३ रनमा नटआउट रहे । वनका टेसप क्यापले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वन कलेजले सबै विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो । निमा छिरिङले ३७ रन बनाएपनि अन्य ब्याट्सम्यान न्यु समिटको धारिलो बलिङमा टिक्न सकेनन् । वनलाई सस्तैमा समेट्न जमिजय यादवले ३ तथा शरद खड्काले २ विकेट हात पारे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]