default_image

8 years ago

March 10, 2018

अफगानिस्तान विरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै, शरद र दिलिप नाथ बाहिर

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र अफगानिस्तान दुवै टोली जिम्बावेका जारी आइसीसी एक दिवसिय विश्वकप छनोट क्रिकेटमा पहिलो जितको खोजीमा एकअर्काको सामना गर्दैछन् । अफगानिस्तान विरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै छ ।

नेपालले २ र अफगानिस्तनले ३ खेल खेलिसक्दा अहिले सम्म जितको खाता खोल्न सकेका छैनन् । नेपाल सुरुआती दुई खेलमा जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो । प्रतियोगिताको दाबेदार मध्येको एकका रुपमा हेरिएको अफागनिस्तान स्कटल्यान्ड, जिम्बावे र हङकङ पराजित भइसकेको छ ।

सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्नका लागि पनि दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । नेपाल र अफगानिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले एक पटक जितेको छ भने बाँकी सबै खेल गुमाएको छ ।

आज टोलीका सिनियर ब्याट्सम्यान शरद भेषावकर घाइते भएका कारण टोलीमा छैनन् । उनलाई ह्यामस्ट्रिङमा समस्या देखिएको छ । त्यस्तै ओपनर दिलिप नाथ पनि सुरुवाती ११ मा छैनन् । शरद र दिलिपको स्थानमा करण केसी र अनिल शाह सुरुवाती ११ मा आएका छन् । खेल १.१५ बजे सुरु हुने छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.