default_image

6 years ago

March 12, 2018

टस हारेको नेपाललाई पहिले बलिङको निम्तो, यस्तो छ सुपर सिक्स सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । टस हारेको नेपालले पहिले बलिङको निम्तो पाएको छ ।   नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । टस हारेको नेपालले पहिले बलिङको निम्तो पाएको छ ।  

तस्बिर: रमन सिवाकोटी / ट्विटर

नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो । शनिबार खेलिएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । तीन हारका बावजुद नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अति न्युन रहे पनि अझै जीवित छ ।

अर्को तर्फ हङकङ स्कटल्यान्ड र जिम्बावेसँग हारे पनि अफगानिस्तानविरुद्ध जित दर्ता गर्न सफल रह्यो । समूह ‘बि’मा नेपाल र हङकङसहित जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान रहेका छन् । स्कटल्यान्ड र जिम्बावे सुपर सिक्समा प्रवेश गरिसकेका छन् भने एक स्थान अझै खाली रहेको छ ।

अफगानिस्तान र हङकङको दुईदुई अंक रहेको छ भने अंकविहिन रहेको नेपाल पुछारमा रहेको छ । आज हङकङविरुद्ध विशाल अन्तरको जित दर्ता गर्न सके नेपालले अफगानिस्तानलाई रनरेटमा उछिन्न सक्छ । तर हङकङलाई सामान्य अन्तरले हराउँदा नेपाल चौथो स्थानमा उक्लिने छ र प्ले-अफ खेल्दै एकदिवसीय मान्यता पाउन सक्ने सम्भावना रहेको छ ।

यदि नेपालले हङकङलाई १५० रनमा रोक्न सफल भएमा नेपालले सो लक्ष्य ४ ओभर १ बल भित्र पछ्याउनु पर्ने छ । त्यस्तै लक्ष्य २०० पाएमा नेपालले सुपर सिक्समा प्रवेश हुन ५ ओभर ३ बल भित्र खेल जित्नु पर्छ ।

नेपालको ओपनिङले निकै आलोचना खेपिरहेको बेला आज ओपनरहरुको प्रस्तुति हेर्नलायक रहने छ । अघिल्लो खेलमा शरद भेषावकर ह्यामस्ट्रिङको चोटका कारण सहभागी थिएनन् भने उनको स्थानमा आएका करण केसीले सन्तोषजनक प्रदर्शन गरेका थिए ।

नेपाल अफगानिस्तान विरुद्धकै टोलीसहित मैदानमा उत्रिने छ । नेपालको हङकङसँग इतिहास भने खराब छ । खेलिएका दुई पछिल्ला खेलमा हङकङले दुवैमा जित हांसिल गरेको छ । आजको खेल नेपाली समयअनुसार दिउसो १.१५ बजे सुरु हुने छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.