8 years ago
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– धनगढी प्रिमियर लिग (डिपिएल)–२ ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट मान्यता पाएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बुधबार एक विज्ञप्ति जारी गर्दै आइसीसीबाट मान्यता पाएको उल्लेख गरेको छ ।
आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर सिलिभ हिट्जककले पठाएको पत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई रुस्लान डीपीएल–२ लाई आइसीसीको मान्यता रहेको जानकारी दिएको उल्लेख गरेको छ । आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ ।
रुस्लान डीपीएल–२ लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउँनुले नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा थप महत्व र उचाई हासिल गरेको डिसिएका अध्यक्ष सुवास शाहीले बताएका छन् । डिपिएल–२ आगामी चैत्र १७ गतेदेखि धनगढीमा शुरु हुदैछ ।
प्रतियोगितामा काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन्। यस्तै तेस्रो हुने टीमले ३ तथा चौथो हुने टोलीलाई २ लाख रुपैयाँ पाउनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]