8 years ago
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेज र डिएभी कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दुई टोलीको सेमिफाइनल यात्रासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि कसमस र टियुले अन्तिम चारमा स्थान बनाएका थिए । शुक्रबार पहलो सेमिफाइनलमा टियु र कसमस कलेज तथा दोस्रो सेमिफाइनलमा गोल्डेनगेट र डिएभी कलेजबीच खेल हुनेछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा गोल्डेनगेटले जनता कलेजमाथि ६२ रनको सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको जनता कलेज ४ विकेटको क्षतिमा १ सय ९ रनमा समेटियो । जनताका लागि अंकत आरजे र निराजन केसीले समान २६ रन बनाएपनि टिमलाई जिताउन सकेन । सम्वर्धन दवाडी १४ रनमा नटआउट रहे । गोल्डेनगेटका किशोर महतोले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेट कलेजले ५ विकेट गुमाएर १ सय ७१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । गोल्डेनगेटका भुपेन्द्र थापाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । रवि कुमार शाह ४२ रनमा नटआउट रहे । सञ्जय श्रेष्ठले ४२ रनको योगदान दिए । जनताका सागर क्षेत्र, विनोद शाही र सम्वर्धन दवाडीले समान १ विकेट हात पारे ।
बुधबारै भएको अर्काे खेलमा डिएभीले साविकको विजेता शंकरदेव कलेजमाथि ८ विकेटको फराकलो जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । शंकरदेवले दिएको १ सय ६९ रनको लक्ष्य डिएभीले १५ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । डिएभीको जितमा आदिल खानले सर्वाधिक ७७ रनको योगदान दिए ।
सन्जय बस्नेत ३६ तथा सुमित महर्जन २८ रनमा नटआउट रहँदा ओपनर गौरव खड्काले २२ रन जोडे । सुनिल धमला र प्रेम तामाङले समान १ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको शंकरदेवले ५ विकेट गुमाएर १ सय ६८ रनको सम्मानजनक योगफल तयार पारेको थियो । प्रदिप ऐरी ५० रनमा नटआउट रहँदा सुनिल धमला र आयुष्मान बलमे समान ४४ रन जोडेका थिए । सुवेन्दु पाण्डेले १० रन जोडे । डिएभीका दीलिप यादव र सुमित झाले समान २ विकेट हात पारे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]