default_image

8 years ago

March 14, 2018

भारत टि ट्वान्टीको फाइनलमा, बंगलादेश पराजित

158 views

0 Bookmark

कोलम्बो (एजेन्सी)– भारत श्रीलंकामा जारी टि ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको फाइनलमा पुगेको छ । बंगलादेशलाई बुधबार १७ रनले हराउँदै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतले आइतबार हुने फाइनल श्रीलंका र बंगलादेशमध्ये एकको सामना गर्नेछ । श्रीलंका र बंगलादेशबीच हुने अन्तिम खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको बंगलादेश ६ विकेटको १ सय ५९ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले अविजित ७२ रन बनाएपछि टोलीले हार जोगाउन सकेन । तमिम इक्वाल र सब्बिर रहमानले समान २७ रन तथा मोहम्मदुल्लाले ११ रन बनाए । भारतका बाशिंटन सुन्दरले ४ ओभरमा ३ विकेट लिएपछि बंगलादेश लक्ष्यमा पुग्न सकेन । मोहम्मद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहालले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माको भूमिका महत्वपूर्ण रह्यो । ६१ बल खेलेका रोहितले टोलीका लागि सर्वाधिक ८९ रन जोडेका थिए । प्लेयर अफ दी म्याच रोहितले ५ छक्का र त्यत्ति नै चौका प्रहार गरेका थिए । उनले शिखर धवनसँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । धवनले २७ बलमा ५ चौका र १ छक्कासहित ३५ रन जोडे ।

सुरेश रैनले ३० बलमा ४७ रन जोडे । ५ चौका र ३ छक्का प्रहार गरेका सुरेशले रोहितसँग दोस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । दिनेश कार्तिक २ रनमा अविजित रहे । बंगलादेशका लागि रुबेल हुसेनले २ विकेट लिए । बंगलादेश र श्रीलंकाबीच शुक्रबार लिगको अन्तिम खेल हुनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.