default_image

8 years ago

March 15, 2018

दिपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी, एक दिवसीय मान्यताको आशा बलियो

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हराएको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २३ ओभरमै पुरा गर्‍यो । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । यस जितसँगै नेपाल सातौं स्थानको प्ले-अफ खेलको लागि छनोट भएको छ ।

Dipendra Singh Airee

तस्बिर : रमण सिवाकोटी

नेपालले आज फेरि आफ्ना ओपनर ज्ञानेन्द्र मल्ल (१ रन) र अनिल शाह (९ रन) लाई सस्तैमा गुमायो । कप्तान पारस खड्का पनि २० रनमा पभेलियन फर्के । त्यसपछि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको ६७ रनको साझेदारीले नेपालले गति लिएको थियो । आरिफ २६ रनमा आउट भएका थिए । ५८ बलमा ५० रनको शानदार अवजित अर्धशतकिय पारी खेल्दै दिपेन्द्रले नेपालको जित सुनिश्चित पारेका थिए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ ओभर २ बलमा १ सय १४ रनमै अलआउट पार्न सफल भएको थियो । नेपालका लागि आज सन्दिप लामिछाने पुन: उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले आफ्नो ८ ओभरमा २९ रन दिँदै ४ विकेट लिन सफल भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ४ विकेट लिँदै तल्लो ब्याटिङ क्रम ध्वस्त बनाएका थिए ।

नेपालको पेस बलरद्वय सोमपाल कामी र करण केसीले पनि एकएक विकेट लिए । पपुवा न्यु गिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रनको योग्दान दिए भने जेसन किलाले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरुलाई नेपाली बलरहरुले क्रिजमा लामो समय टिक्न दिएनन् ।

नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । विश्वकप छनोट प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने छन् । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका छन् । अब नेपाल र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्ने छ ।

आजको अर्को खेलमा पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले हङकङलाई १ सय ७५ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सले यस अघि नै विश्व क्रिकेट लिगमार्फत एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ । त्यसैले नेदरल्यान्ड्सले सो खेल जिते नेपालले एक दिवसीय मान्यता प्राप्त गर्ने छ भने हङकङले आजको खेल जितेको खण्डमा नेपालले सातौं स्थानका लागि हङकङलाई हराउनु पर्ने हुन्छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.