8 years ago
March 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाली टोलीका व्यवस्थापक समेत रहेका टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार आइतबार साँझ ७ बजे जिम्बावे छोडेको नेपाली टोली सोमबार साँझ ५ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ ।
अर्को वर्ष हुने विश्व कपका लागि छनोट हुन असफल भएपछि नेपाल सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एक दिवसिय मान्यता पाउन सफल भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले विश्व कप छनोट प्रतियोगिता सुरु हुनु अघि उत्कृष्ट नेदरल्यान्ड्स बाहेक तीन एसोसियट्सलाई आगामी चार वर्षका लागि एकदिवसिय मान्यता दिने घोषण गरेको थियो ।
स्कटल्यान्ड र युएई टोली सुपर सिक्समा पुगेपछि एउटा टोली मात्र बाँकी रहेको थियो । त्यहि बाँकी एक टोलीमा नेपाल छनोट हुन सफल भएको थियो । विश्व कप छनोटमा आठौं स्थानमा रहँदै नेपालले यात्रा अन्त्य गरेको गिथयो । पपुवा न्यु गिनी र हङकङ भने डिभिजन टु मा घटुवा भएका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]