default_image

8 years ago

March 21, 2018

नेपालगन्ज क्रिकेट कप बैशाखमा

153 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– बाँकेमा अर्को महिना नेपालगन्ज कप क्रिकेट टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । ग्रीन इभेन्टो प्रालिले पहिलो पटक अक्सनमार्फत क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता जनाउने बताइएको छ । टोली खरिद बढाबढ मुल्यका आधारमा तय गरिने छ ।


‘यस प्रदेश तथा अन्य ठाउँमा रहेका खेलाडीमध्येबाट छनोट समितिले प्रारम्भमा ९० खेलाडी छनोट गर्नेछ,’ आयोजक ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले भने ,’उनीहरुबाट ६ टिम तयार गरिनेछ र खरिदका लागि व्यवस्था मिलाइनेछ ।’ हरेक टिमको सुरुवाती मुल्य ५० हजार तोकिएको उनले जानकारी दिए ।’

‘हरेक टिममा अनुभवी खेलाडीलाई मेन्टरको रुपमा उपलब्ध गराउनेछौं ’ प्रबन्ध निर्देशक रफीले भने –‘टिम मालिकलाई आर्थिक लगानी बाहेक थप झन्झट हुने छैन, खेलाडीलाई आवास, भोजन, जर्सी लगायत सम्पुर्ण व्यवस्थापन आयोजकले नै गर्नेछ।’

प्रतियोगितामा जिल्ला, क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका खेलाडीहरुलाई बढीभन्दा बढी सहभागि गराउन जोड गरिएको छ । प्रतिभावान क्रिकेटर उत्पादनको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपालगन्ज क्रिकेट कपका इभेन्ट डाइरेक्टर सौगात विक्रम शाहले बताए ।

त्यसका लागि प्रदेश नं. ५ बाट ६० प्रतिशत र अन्य ठाउँबाट ४० प्रतिशत अनुपातमा खेलाडी सहभागि गराउन जोड दिइरहेका छौं ’ इभेन्ट डाइरेक्टर शाहले भने ‘नेपालगन्जका लागि यो नयाँ अभ्यास हो, हाम्रो प्रमुख उद्देश्य यहाँको क्रिकेट माथि उकास्नु नै हो।’ अक्सनमा टिम खरिद गर्न झण्डै डेढ दर्जन उद्योगी व्यवसायी इच्छुक रहेको शाहले जानकारी दिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीले परिकल्पना र अवधारणा यस ठाउँका लागि नौलो भएकाले खेलाडीलाई उत्साह जगाउने धारणा व्यक्त गरे । पत्रकार भेटमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले मिसन आठौं राष्ट्रिय खेलकुदलाई टेवा पुग्ने गरी आयोजना गरिने हरेक प्रतियोगितालाई सघाउन आफुहरु तयार रहेको बताए ।

‘प्रतियोगिता तिथि सार्वजनिक गर्नु आफैंमा खुशीको कुरा हो, यसले हाम्रो अभियानमा पनि टेवा पुग्दछ’ अध्यक्ष ओलीले भने –‘तर यो वा त्यो बहानामा मिति नसार्नुहोला ।’ आठौं राष्टिय खेलकुदका लागि क्रिकेट मैदानको पर्खाल निर्माणदेखि अन्य भौतिक पुर्वाधार निर्माणका कामहरु भइरहेको अवस्थामा त्यसैलाई बहाना बनाई प्रतियोगिता सार्ने वा अरुलाई आक्षेप लगाउने कार्य गर्न नहुनेतर्फ ओलीलेआयोजकलाई सजग गराए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले हरेक प्रतियोगिताका लागि राखेप सहयोग गर्न तयार रहेको बताए । आयोजकले प्रतियोगिता निरन्तरताको आधार तयार गर्न सके आगामी बर्षदेखि यस प्रतियोगितालाई राखेपको क्यालेन्डरमा समावेश गराउन आफुले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

प्रतियोगितामा झन्डै २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टोलले १ लाख १० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहने यस प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरिरहेको छ । क्रियटिभ ह्याण्ड्स प्रतियोगिताको रणनीतिक पार्टनरका रुपमा रहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.